गायनमा सावित्रीको फड्को

छवि मगर

पेशाले कालिकादेवी प्रावि धुलिखेलकी शिक्षिका हुन्, सावित्री मगर । यतिले उनको परिचय पुग्दैन । उनलाई शिक्षिकाभन्दा बेसी गायिका भनेर चिन्छन् । २०५९ सालदेखी गीत गाउन सुरु गरेकी सावित्रीले अहिलेसम्म नौ वटा गीत रेकर्ड गरिसकेकी छिन् । काभ्रे धुलिखेलकी सावित्रीले दोहोरी, तीज गीत, आधुनिक र लोकपप गीत गाइसकेकी छिन् ।

मगर समुदायभित्रै गाउने नाच्नुलाई अनर्थ मानिदैन । त्यहि भएर पनि उनलाई सानैदेखी गाउने रहर पलायो । अहिले काभ्रेका विभिन्न मेला महोत्सव मात्रै हैन अन्य सागितिक कार्यक्रममा पनि स्टेज तताउँछिन् ।सानैदेखि लोक गीत गाउन मन पराउने उनले रेडियो नेपालबाट आउने गीत सुन्दा आफू पनि त्यस्तै गायिका बन्ने रहर पाल्थिन् ।

थुप्रै गीत गाइसकेपछि उनी गायिका बन्न पाएकोमा

दंग छिन् । अघिल्लो वर्ष निकालेको तीज गीत ‘यो सालको तीज बबाल’ ले उनलाई चर्चाको शिखरमा पु¥यायो । यो गीत गाएपछि उनलाई स्टेज कार्यक्रमका लागि बढी निम्तो आउने थालेको हो । ‘पढाउनु पेशा हो, गाउनु मेरो सोख’ सावित्री भन्छिन्,‘सोख पूरा गर्न गीत गाउन थालेको ख्यालख्यालमै गायिका भइयो ।’ फरक फरक गीत गाउने सावित्रीले अहिले मगर समुदायमा प्रचलित कौरा गीत रेकर्ड गराउने तयारीमा छिन् भने लगत्तै उनको आधुनिक गीत रेकर्ड हुनेछ ।