गलकोट समाज पोखराको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

Today Pokhara
0Shares

गलकोट समाज पोखराले समाजले प्रकाशन गरेको नव वर्ष २०७४ को भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा भित्तेपात्रो विमोचन गर्दै समाजका विशेष सल्लाहकार मोहन चन्द ‘राजन’ले गलकोट समाजले रचनात्मक कार्यलाई प्राथमिकता दिएको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा सल्लाहकारहरू हिराबहादुर खत्री, रुपबहादुर थापा, बमबहादुर छन्त्याल र रामप्रसाद पाण्डेले गलकोट समाजलाई अघि बढाउन सबै गलकोटेहरूबीचको एकता आवश्यक भएकोमा जोड दिए ।समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस र उपाध्यक्ष खडकबहादुर थापाले स्वागत गरेका थिए ।