“गन्तव्यधम्पुस लालीगुराँस महोत्सव २०७५”

वैशाखको पहिलो साता कास्कीको पर्यटकीय गाउँधम्पुसमा बैशाखको पहिलो साता“गन्तव्यधम्पुस लालीगुराँस महोत्सव २०७५”हुने भएको छ ।
माछापुच्छ्रे गाँउपालिका वडा नं ७धम्पुसमारहेकोलालीगुराँस युवाक्लवको आयोजनामाआगामी वैशाख ४ देखी ८ गते सम्ममहोत्सबसञ्चालनहुने बुधबार आयोजितपत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।
क्लवकाअध्यक्षअसिम गुरुङले धम्पुसलाई राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरमा परीचित गराउन र पर्यटकहरुलाई भित्राउने मुख्यउद्देश्यका साथ सो महोत्सबआयोजनागरिएको बताए ।
प्रदेश नम्बर चारको पर्यटन प्रवद्र्धनमासोमहोत्सबले ठुलो भुमिका खेल्ने बताउदै गुरुङले सिङ्गो राष्ट्रकै अर्थतन्त्रमासमेत टेवा पु¥याउने बताए ।
खेलकुदप्रतियोगितामार्फत खेलाडीहरु बिच सम्बन्ध सुमधुर बनाउने,पर्यटन आवागमनको स्तरमा बृद्धी गर्ने, लोक संस्कृतिकोसंरक्षण एंव संम्वद्र्धन गर्ने, शैक्षिकजागरणमा टेवापु¥याउने,सांस्कृतिक भेषभुषाको संरक्षण गर्ने, कृषीकार्यक्रममा कृषकहरुको पहुँच वृद्धि गरि बजारको विस्तार गर्ने, हस्तकलाको विकास तथाबजारीकरण गर्नेलगायतकामहोत्सवकोे लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए ।
महोत्सवको प्रतियोगितातर्फपुरुषतथामहिलाभलिवलप्रतियोगीता, खुल्लालोकदोहोरी गीतप्रतियोगिता, माछापुच्छ्रे गाँउपालिकाअन्तर वडा झाँकीप्रतियोगिता, कृषीतथा हस्तकला प्रदर्शनी, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगीताको लगायतकाप्रतियोगिताहरु समाबेश गरिएको छ ।
पुरुषभलिबलप्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १ लाखप्राप्तगर्नेछ त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ७० हजार हातपार्नेछ भने सान्त्वना टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ३० हजार प्राप्तगर्ने क्लबका सचिब सुरेश सुनारले बताए ।
त्यसैगरी महिलाभलिवलप्रतियोगीतातर्फ विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ४० हजार पुरस्कार प्रदानगरिने छ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु २५ हजार प्राप्तगर्नेछ ।
महोत्सबमा स्थानियतथा राष्ट्रिय लोकतथादोहोरी कलाकारहरुलेदर्शकहरुलाई दिनहुँझुमाउनेछन भने संध्याकालिनतर्फ लाई कन्सर्ट रहने समेत आयोजकले जनाएको छ ।
“धम्पुस लालीगुँरास महोत्सवहाम्रो पहिचान, आन्तरीकतथाबाह्यपर्यटन प्रवद्र्धन हाम्रो अभियान”भन्ने नाराका साथपाँचदिन सञ्चालनहुने महोत्सबमाअनुमानित २५ लाख रुपैया खर्च हुने र १ लाखदर्शकले महोत्सबको अबलोकनगर्ने आयोजकले जनाएको छ ।
महोत्सबमाअनलाईन पार्टनरको रुपमा रमाईलोछ डट कम रहेको छ भने मिडिया पार्टनरको रुपमाएबिसि न्यूजटेलिभिजन रहेको छ ।
समुन्द्री सहतदेखी १६५० मीटरको उचाईमा रहेको धम्पुसमाबिगत२०३४ सालदेखीविभिन्नप्रकारकाप्रर्वद्धनात्मक कार्यक्रमहरु तथा मेलाहरु हुदै आएकोजानकारवालाहरुले जनाएका छन ।