गण्डकी प्रदेश प्रमुखद्वारा बडा दशैंको शुभकामना

0Shares

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले समस्त गण्डकी प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

गण्डकी प्रदेश प्रमुख कुवँरले दशैंसँगै शुभ दिपावली एवं छटको समेत शुभकामना दिँदै प्रदेशवासीको सुख, शान्ति र समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख कुँवरले शुक्रबार शुभकामना सन्देश जारी गरी यी चाड पर्वहरुले समस्त प्रदेशवासीहरुमा भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछन् भन्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *