‘क्रस दी बोर्डर’ ‘उद्यमशील कार्यक्रम’ को छैठौं शृंखला हाईड्रो विषेशज्ञ ज्ञानेन्द्रलाल प्रधान

Today Pokhara
0Shares
उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को छैठौं 111शृंखला कात्तिक १२ गते शुक्रबार हुँदैछ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुन्छ । होटल सञ्चालक गणेशबहादुर थापाले हाइड्रो पावरमा लगानीको अवसर र चुनौतीबारे जान्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।
उनले ऊर्जा बहसले महत्व पाइरहेकाले आगामी शृंखलामा हाइड्रो पावर विज्ञ ज्ञानेन्द्रलाल प्रधानलाई निम्त्याएको बताए । उनले भने, ‘जलविद्युतमा लगानी गर्न इच्छुक लगानीकर्ता र युवा उद्यमीका लागि कार्यक्रम फलदायी हुने छ ।’ प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले
आग्रह गरेको छ ।
हाइड्रो पावरमा सोचेअनुरुप किन लगानी आकर्षित भएन ? सर्वसाधारण नेपालीकै लगानीबाट हाइड्रो पावर बनाउन सकिन्छ कि सकिदैन ? लोडसेडिङको अन्त्य कहिले हुन्छ ? यी र यस्तै प्रश्नहरुको उत्तर दिन जलविद्युत विज्ञ ज्ञानेन्द्रलाल प्रधान पोखरा आउँदैछन् । लेकसाइडको होटल स्नोल्यान्डले उद्यमशीलता प्रवद्र्धनका लागि गर्ने मासिक शृंखला ‘क्रस दी बोर्डर’मा प्रधानलाई निम्त्याउँदै छ ।
हाइड्रो सोलुसन्सका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् । महासंघ अन्तर्गतको ‘ऊर्जा समिति’का अध्यक्ष प्रधान इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले मौलना आजाद कलेज अफ टेक्नोलोजी (एमएसिटी) भारतबाट जलविद्युतमा विशिष्ट अध्ययनसहित ब्याचलर अफ इन्जिनियरिङ गरेका छन् ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार समितिका सदस्य रहिसकेका प्रधान ‘एचएसएल क्यापिटल’, एचएसएल इन्जिनियरिङ’, ‘एचएसएल कन्स्ट्रक्सन’, ‘त्रिशक्ति केबल इन्डस्ट्रिज’ तथा रिसोर्सेस हिमालय बुटिक रिसोर्टका पनि कार्यकारी अध्यक्ष हुन् ।
उनी सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल–रसिया, नेपाल–चाइना र नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा कार्यकारी सदस्यको भूमिकामा छन् । रोटरी क्लब अफ काष्ठमण्डपका पूर्व सभापति प्रधान जलविद्युत सम्बन्धी थुप्रै कम्पनीसँग आबद्ध छन् । ‘एक्सिलेन्स अवार्ड इन इनर्जी २०१०’, ‘उत्कृष्ट उद्यमी’, ‘बेस्ट म्यानेजर अफ दी इयर २००६’ लगायत अवार्ड प्राप्त गरेका प्रधानले झण्डै दुई दर्जन मुलुकको भ्रमण गरेका छन् ।