क्याटवाक पुस्ता ‘कौरा’मा

मनोज घर्तीमगर
गुन्यू चोली, पटुका, टेकी, हम्मेल, पहेंलो पोते लगाएक युवति । आधुनिक पहिरनसहित भाङ्ग्रा लगाएा युवा । मगर पहिरनमा सजिएका उस्तैउस्तै उमेरका युवायुवति छमकछमक कौरा नाँच्छन् ।
हातमा खैंचडी समाएर केही युवा सुरिलो स्वर कानराहा (कौरा) गीत गाउँदै युवतिलाई हौस्याउँछन् । उनीहरुलाई साथ दिन गाउ“ले भेला हुन्छन् । दिनभरको कामको बोझ हटाउन तन्नेरीहरु रमाइलोस“गै आफ्नो संस्कृति जोगाउन सा“झ परेपछि कौरा नचाउन लागि पर्छन् ।
केटा र केटीबीच घम्साघम्सी चल्ने कौराको रौनकले रमिते बनेर हेर्नेहरु पनि कम्मर मर्काइमर्काइ नाँच्छन् । स्याङ्जाको चित्रेभञ्जायङका तरुनी र तन्नेरीहरु नाँच्दै गरेको यस्तै दृश्य देखिन्छ आजभोली । प्लस टु र स्नातक पढ्दै गरेका स्याङ्जा चित्रेभञ्जाङ्का ठिटा ठिटिहरुको यो समूह इन्द्रेणी यूवा क्लबमा आबद्ध भएर कौरा जोागाउन कस्सिएको छ ।
‘रंग रमाईलो गर्नलाई मात्रै कौरा नाँचेका होइनौं । कौरा सँस्कृति हराउँनै लागेकाले जोगाउन तम्सिएका हौं’ इन्द्रेणी युवा क्लबका सचिव अमृता थापा भन्छिन्,‘अहिले करिब २० जना युवायुवतिले कौरा सिकीरहेका छन् ।’
यो क्षेत्रमा विशेष गरि माघे सक्रान्तिदेखी बैशाख जेठसम्म बढी नाचिन्छ । त्यो बाहेक लाहुरे घर फर्कदा, कमाई गर्न गएकाहरु विदेशबाट फिर्दा, दशैं, तिहार, गाउँघरमा हुने विहे, व्रतबन्ध, चन्डी पूर्णिमा लगायत अन्य अवसरमा यहाँ कौरा नचाइन्छ ।
आजभोली गाउ“मा तन्नेरी कमै भेटिन्छन् । कोही विदेश पलायन । कोही शहर पसेका छन् । उनीहरु बेलाबेला सांस्कृतिक चिन्तन गर्छन् । मगरको प्रसिद्ध चाड चण्डी पूर्णिमा लगायतका विभिन्न अवसर कौरा सिक्दै नाँच्छन् । डान्स, डिजे, डिस्कोमा रम्ने यो पुस्ता कौरा गाउँदा पाका उमेरका हर्षित छन् ।
कौरा हराउ“दै गएपछि यहा“का तरुनी÷तन्नेरीले यसको संरÔण गर्न स्कुले बालबालिकालाई समेत प्रशिÔण दिन सुरु गरेका हुन् । क्लबले अहिले गाउ“का नजान्ने सबैजसोलाई कौरा सिकाउन प्रयत्न गरिहेको छ । ‘विद्यार्थीलाई फोकस गरेर कौरा सिकाइरहेका छौ, जति सिकाए पनि के गर्नु नानिहरु विवाह गरेर जान्छन्ं । बाबुहरु पढ्न अथवा काम गर्न विदेश जान्छन् । फेरी नयाँ उत्पदान गर्छौं’ कौरा गुरु एवं स्थानीय शिक्षक रिमबाबु रानामगर भन्छन्,‘आफ्नो सँस्कृति जोगाउनलाई नयाँ पुस्ता कौरामा आकर्षित भएपछि हामी खुसी छौं । जो सिक्न चहान्छ हामी स्वागत गर्छौ ।’
मगर समुदायमा आफूलाई मन परेको तरुनीतन्नेरीबिच ख्याल ठट्टा र छेडखानी गर्नुलाई नराम्रो मानिन्न । कौरा गीतमा माया प्रेम सुख दुःख, हर्ष उल्लास ख्यालठट्टा गरिन्छ । गीतबाट सञ्चोबिसञ्चो, चिना परिचय पनि गरिन्छ ।
सालीको शीरमा चम्केको शीरबन्दी र सुनको फूल, गलामा बेरिएको कण्ठ, कानमा लत्रिएको ढुङ्ग्री र चेप्टेसुन अनि गुन्यू चोली तिर हेर्दै मगर युवा (भेनाहरु) ‘नानी त रैछौं हाम्रै दावली’ भन्दै गाउँछन् ।
अहिलेको युवा पुस्ताले परम्परालाई अंगालेको हेर्दै अघिल्ला पिंढी हुल बाँधेर रमाउन आउँछन् । साँस्कृतिक जागरुकताले होला, अरुबेला झुत्रेझाम्रे पेन्ट, कानमा कुन्डल, गलामा दाम्लो जत्रो फलमो सिक्री बाध्ने युवा, अनि वन पिस पहिरनमा सजिएर सडक ¥याम्पमा ‘क्याटवाक’ गदै हिड्ने शहरीया युवतीहरु र आधुनिकता झल्कने हिपहप पारखी युवाहरु पनि आफ्नै भेÈभूÈामा भेटिन्छन् ।
‘डिजेको इसारामा पाश्चात्य संगीतमा नाच्नु र आफ्नै साँस्कृतिक कौरा भाकामा नाच्नु आकास पातालको फरक छ’ कौरामा नाचमा पोख्त अनु राना भन्छिन्,‘त्यसो त नयाँ पुस्ता ‘भर्साटाइल’ बनिरहेका छन् ।’
अहिले गाउ“बाट अध्ययनका लागि शहर झरेका युवाहरु समेत कौरा नृत्यको गाउ“मै पुगेर प्रशिÔण लिन थालेका छन् । विशेष गरि माघ महिनादेखि असार महिनासम्म नाचिने कौरा गाउ“मा आउने पाहुनाहरु पनि मन्त्रमुग्ध भएर नाच्छन् ।
यो नृत्यको संरक्षणमा यहा“का १६ वर्È उमेरदेखि ३० सम्मका युवायुवति अहोरात्र लागिपरेका छन् । यिनीहरुले परम्परागत संस्कृति लोप नहोस् भनेर निःशुल्क रुपमा अन्य तन्नेरीहरुलाई यो नृत्य सिकाउ“दै आएका छन् । कौरा नृत्य यति नै समय नाचिने भन्ने समयसीमा हु“दैन ।
‘कौह्रा हराउने चिन्ता लागेको बेला यहा“का युवाहरु संरÔणमा लागिपरेका छन्’ स्थानीय रुद्र शन्देस मगर भन्छन्,‘पहिले जतिको चासो दिन नसके पनि हराउँदै गएका बेला युवाले गरेको यो महेनत स्वागतयोग्य छ ।’ गाउ“मा भित्रिने स्वदेशी हुन् या विदेशी सबैलाई आकÈिर्त गराउन तन्नेरीहरु कौह्रा नचाइहरेका छन् ।
तन्नेरी पुस्ताले कौरा सिकेपछि हराउ“दैन भन्नेमा स्थानीय ढुक्क छन् । कौरा गाउन नआए पनि जनजाति संस्कृतिको सम्मान गर्दै स्थानीय बाहुन् Ôेत्री, नेवार, युवा युवतीहरु पनि सारमा सार मिलाएर नाच्छन् मेलामौकमा ।
पहिले¬¬¬¬¬–पहिले गाउँघरमा पल्लो गाउँका युवा र वल्लो गाउँका युवति मिलेर कौरा नाचगान गर्दैै रमाईलो गर्थे । तर, हराउँदै गएको कौराको संरक्षण गर्नै धौधौ परेको छ यतिबेला ।
‘कौरा नृत्यका लागि लगाउने पहिरन नै मह“गो छ’ क्लबकी सचिव अमृता भन्छिन्, ‘तर पनि संस्कृति हराउनु हु“दैन भनेर हामी लागिपरेका छांै ।’ उनले बूढाबूढीले धानेको परम्परा जोगाउन युवाहरु नै लाग्नुपर्छ भनेर कौरा संरÔणको अभियान थालेको बताइन् ।
कौरा विस्तारै हराउन थालेपछि कास्की, स्याङ्जा, तनहुँ, पाल्पा, नवलपरासी लगायत जिल्लाका विभिन्न ठाउँम आजभोली कौरा नाँच्दै र नचाउँदै गरेका यस्तै दृश्य देखिन थालेका छन् ।

तस्वीर सौजन्य ः छवि मगर