क्याटको विक्रेता बतास

विश्व प्रसिद्ध हेभी इक्युप्मेन्ट उत्पादन क्याटरपिलर९क्याट०को नेपालका लागि आधिकारीक वितरक बतास ट्रयाक्टर्स प्रालिले लिएको छ । ९२ वर्षदेखि हेभी इक्युप्मेन्ट उत्पादन गर्दै आएको क्याटपिलरका उत्पादनहरु अब बतास अर्गनाइजेसन अन्तरगतको बतास ट्रयाक्टर्सले नेपालमा विक्री वितरण गर्ने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बतास अर्गनाइजेसनले अमेरिकामा उत्पादन हुने हेभी इक्युप्मेन्ट ब्राण्ड क्याटरपिलरका एक्स्क्याभेटर,ह्विल लोडर, व्याकहो ४२६, मोटर ग्रेडर,डोजर लगायतका उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराइको जानकारी कम्पनीले दिएको छ ।
क्याटका मेसिनमा बिना इञ्जेक्टर जडित मेकिानिकल प्mयुल पम्प रहेकाले जस्तोसुकै डिजेललाई पनि आफै प्रशोधन गर्ने क्षमतामा रहेको छ । उक्त कस्टोमर भेलामा नै ब्याकहो ४२६ नेपालमा सार्वजनिक गरिएको थियो ।
ट्रयाक्टर्स इन्डिया लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिलकुमार चर्तुवेदीले नेपालमा क्याट निरन्तरता दिन पाएकोमा खुशी व्याख्त गर्दै गत वर्ष नेपाली सेनालाई तीन वटा क्याटरपिलरका डोजर निःशुल्क उपलब्ध गराएको र त्यसले २०७२ सालको भूकम्पमा सेनालाई उद्धारमा सहयोग पुगेको उल्लेख गरे । क्याटको नेपालमा २०२० सम्ममा लिडिङ ब्राण्ड बन्ने घोषणा समेत गरेका थिए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै बतास अर्जनाइजेसनका अध्यक्ष आन्नदराज बतासले बतासले नेपालको विकास निर्माणमा क्याटसँग सहकार्य गर्न पाएकोमा ट्रयाक्टर्स इन्डियालाई धन्यवाद दिएका थिए । विश्वको एक नम्बर ब्राण्ड नेपालमा विक्री वितरण गर्न पाएकोमा बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले नेपालमा यसलाई पुन स्थापित गर्न बतास लागि पर्ने बताए ।
क्याटलाई हाल काठमाडौं सहितका नारायणगढ,बुटबल,नेपालगञ्ज,धनगढी,हेटौडा र इटहरीमा उपलब्ध रहेको छ । यी स्थानहरुमा दक्ष प्राविधिक र स्पेयर्स पाट्र्स समेत उपलब्ध रहेको जानकारी गराएको छ ।