केन्द्रीय सदस्य द्वय सम्मानित

Today Pokhara
0Shares

प्रेम रोका मगर
पोखरा

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीले कास्की जिल्लाबाट संघको नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका द्वय प्रेम रोका मगर र लालकुमारी पुन मगरलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । औपचारिक रुपमा गरिएको उक्त बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य द्वयलाई खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम रोका मगरले केन्द्रीय सदस्य पदमा चयन भएसँगै संगठनमा ठूलो जिम्मेवारी थपिएको बताए । यो जिम्मेवारी र दायित्व पूरा गर्नमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै मगर विद्यार्थी संघको केन्द्रीय समिति देखि अञ्चल समिति र जिल्ला समितिमा एक पुलको काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
त्यस्तै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रूद्र श्रीस मगरले केन्द्रीय सदस्य द्वयलाई बधाई तथा शुभकामना दिनुहुँदै मगर समुदायको गुमेको भाषा, संस्कृती, भेषभूषालाई पुर्नजार्गित गर्न मगर विद्यार्थीहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मगर विद्यार्थी संघको पूरानो इतिहासलाई स्मरण गराउनुहुँदै श्रीस मगरले पहिले भन्दा फरक ढङ्गबाट विभिन्न रचनात्मक काम गर्दै जानुपर्ने बताए ।
त्यस्तै नेपाल मगर पत्रका
र संघका केन्द्रीय सचिव मनोज घर्ती मगरले अबका मगर विद्यार्थीहरू निजामति सेवामा प्रेरित हुनुपर्ने भन्दै सरकारको हरेक निकायमा पुग्दा मगर अनुहारहरू देख्न पाइयोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं तमूवान ईन्चार्ज, टाइगर ट्राभल्स एण्ड टुर्स प्रा.लिका प्रबन्धक गोविन्द पुन मगरले केन्
द्रीय सदस्य द्वयलाई खादा लगाएर सम्मान गर्नुहुँदै मगर विद्यार्थीहरू अब आत्मनिर्भर हुनु जरुरी भएको बताउनुभएको थियो भने सम्पुर्ण कस्केली मगर विद्यार्थीहरूलाई एकजुट भएको देख्दा निकै खुसी लागेको बताउनुभयो । त्यस्तै मगर पत्रकार एवं पोखरा प्लसका सञ्चालक छवी घर्ती मगरले पनि कार्यक्रममा सम्मानित हुनुहुने केन्द्रीय सदस्य द्वयलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य लालकुमारी पुन मगर, नेपाल मगर पत्रकार संघ, कास्कीका सचिव उमा आले मगर, नेपाल मगर पत्रकार संघ, कास्कीका जिल्ला सदस्य द्वय कमला थापा मगर (प्रीया), पुनम पुन मगर लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा मगर विद्यार्थी संघ कास्कीको मातहतमा रहेका विभिन्न क्याम्पस तथा मा.वि समितिमा आवद्ध मगर विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो । संघको जिल्ला अध्यक्ष दिनेश रोका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघकै सचिव प्रेम बुढा मगरले गरेका थिए ।