कास्की प्रहरीले स्वरुप परिवर्तन र अस्थाइ नम्बर प्लेटमा हिड्ने सवारीलाई विशेष निगरानीका साथ कडा कारबाही गर्ने भएको छ । स्वरुप परिवर्तन गरी बजारमा चर्को आवाजमा सवारी चलाउने र अस्थाइ नम्बर प्लेट राखीे सवारी चलाउदा दुर्घटना हुन सक्ने भन्दै जनताले कास्की प्रहरी प्रमुख ओम बहादुर रानालाई गुनासो गरेपछि कास्की प्रहरीले मोडिफाइ गर्ने र अस्थाइ नम्बर प्लेटमा हिडेने सवारीलाई कडा कारबाही गर्ने भएको हो
पोखरामा मोडिफाई गरिएका र स्वरुमबाट नया सवारी साधन निकालेर अस्थाइ नम्बर प्लेटमा सवारीको संख्या वढेको र तिनीहरुका कारण दुर्घटना भएमा पत्ता लगाउन गाह्रो हुने भएकाले त्यस्ता स्वरुमहरु जसले बिलबुक नभइकन अस्थाइ नम्बर प्लेट राखेर ग्राहकलाई दिन्छन त्यसलाई पनि कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम रानाले वताए । प्रहरी उपरिक्षक रानाले कास्कीको कमाण्ड सम्हाले देखि पोखराबाट बाहिर र भित्रिने राजमार्गहरुमा विशेष चेकजांचलाई निरन्तरता दिदै आएका छन ।
राजमार्ग र रातीको समयमा समेत सवारी चेकजांचमा आफै खटिदै आएका रानाले चेकजांचको क्रममा समेत वढी मात्रामा स्वरुप परिवर्तन गरी नम्बर प्लेट सानो र छडेके गरी राख्ने गरेकोे वताउदै रानाले कतिपय मोटरसाइकल, स्कुटर र साना तथा ठूला सवारी साधनहरु स्वरुमबाट दिइएको कागजपत्र लिएर सवारी लिने गरेको पाइएको वताए ।
स्वरुप परिवर्तन गर्ने र स्वरुमको कागजकै भरमा हिड्ने जुनसुकै सवारी साधनले दुर्घटना गराएमा नागरिकले वा प्रहरीले सवारी साधनको नम्बर टिप्न समेत नसक्ने भन्दै आफुलाई जनताले गुनासो गरेको वताउदै रानाले स्वरुमले पनि सवारी साधन बिक्री गर्दा सवारी नियम अनुसारको कागजपत्रको साथमा सवारी साधन बिक्री नगरे स्वरुमलाई समेत कारबाही गर्ने समेत वताएका छन ।
सोमबार मात्रै कास्की प्रहरी प्रमुख रानाको नेतृत्वमा सिद्धार्थ राजमार्ग सडक खण्डमा चेकजांच गर्ने क्रममा ३९ वटा सवारी साधन कारबाहीमा परेका छन । जसमा कागज पत्र नभएको ट्रक एक, स्वरुमको कागजको भरमा चलाइएको मोटरसाइकल एक र मोडिफाइ गरिएको मोटरसाइकल एक रहेका छनभने सवारी चालक अनुपति पत्र नभएको मोटरसाइकल ९ रहेका छन । त्यसैगरी विभिन्न सवारी चालकका १० वटा सवारी चालक अनुमति पत्र , १५ वटा सवारी दर्ता किताब र ३ वटा सवारीको सवारी इजाजत पत्र कारबाहीका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा लगिएको छ ।
कास्की प्रहरी प्रमुख रानाको नजर अस्थायी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने सवारी तर्फ

Leave a Reply