जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुखको जिम्मेवारी सम्हान आएका एसपी ओमबहादुर राना आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैशाख ३० गते कार्यभार सम्हाले लगत्तै एसपी रानाले कास्कीमा देखिने गरि काम गर्न सुरु गरेका छन् ।
एसपी रानाकै निर्देशनमा मंगलबार जेठ २ गते मात्रै मिटरमा चल्न नमानेको भन्दै ३६ वटा ट्याक्सीलाई कारबाही गरिएको छ । ती सबै ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय परिसरमा नियन्त्रणमा लिएर राखिएको छ । त्यसै गरि चोरी र लागुऔषधमा संलग्न चारजनालाई प्रहरीले बुधबार सार्वजनीक गरेको छ ।
एसपी रानाले कास्कीको शान्ति, सुरक्षा, अमन चयनलाई कायम राख्न बुधबार पत्रकार सम्मेलन गरी १२ बुँदे प्रतिबद्धता समेत सार्वजनीक गरेका छन् । ‘गुण्डागर्दी, लागुऔषध, यौन व्यवसथा र जुवा तासमा पहिलो निगरानी हुनेछ’ पत्रकार सम्मेलनमा बोल्दै एसपी रानाले भने,‘चोरी, लुटपाट, कालोबजारी न्यूनिकरणमा पनि प्रहरी लाग्नेछ । यसका लागि प्रहरीले छुट्टाछुट्टै सेल गठन गरेर काम गरिनेछ ।’
महिला हिसां, जनताको सुरक्षा लगाएतका विभिन्न समुह बनाएर प्रहरी परिचालन गर्ने एसपी रानाले बताए । उनले लागूऔषध प्रयोग कर्तालाई मात्र नभइ बिक्री गर्ने र डिलरवालालाई पक्राउ गर्ने योजना बनाएको पनि सुनाए ।
रानाले सार्वजनीक गरेको १२ बुँदै कार्य योजनामा पोखराको मुख्य बजार र राजमार्ग क्षेत्रमा सिसी टिभी जडान गरी २४ घण्टा प्रहरीले निगरानी गर्न, प्रविधियुक्त प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण लगाएत समेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम बहादुर रानाका कार्ययोजना
१) प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूका प्राथमिकताको अक्षरस पालना,
२) अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,
३) गुण्डागर्दी विरुद्व कडा कारवाही,
४)घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता,
५) चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण
६) न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाही,
७) प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड
८) सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यबस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन
९) घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अशक्त व्यक्ति उपरका घटनामा संवेदनशिलता र पिडित मैत्री वाताबरणको सिर्जना
१०)सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतानमुलक कार्यक्रमको निरन्तरता
११) छुट्टा छुट्टै स्क्वायड (पिलर) खडा गरी अपराधीको खोजतलास तथा कारवाहीस् -:
( गुण्डागर्दी-१, घरेलु मदिरा, लागु पदार्थ, यौन व्यवसाय र जुवातास विरुद्व-१, चोरी लुटपाट कालोबजारी-१, फरार अपराधीको खोजीको लागि-१, सामाजिक संजाल (साईवर)बाट हुने अपराध-१ )
१२) सुचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड
Leave a Reply