प्रेम रोकामगर
स्वदेश तथा विदेशको विभिन्न ठाँउमा विभिन्न समयमा सफल प्रदर्शन गरिसकेको मगर चलचित्र रैयाँ भोलि बुधबार नेपाल मगर युवा संघ, कावासोतीको आयोजनामा नवलपरासीको कावासोतीमा प्रदर्शन हुने भएको छ । आदिवासी जनजाति समुदायमा आफ्नो छोरीलाई कम्तीमा ७ वर्ष पुगेपछि गुन्यूचोली दिने चलन छ त्यस्तै मगर समुदायमा पनि आफ्नो छोरीलाई आठदेखि दस वर्Èभित्र आमाले गुन्यूचोली, रैयाँ (बाला) र घलेक दिने सँस्कार छ । विशेष गरी गुन्यूचोली, रैयाँ (बाला) र घलेक लगाउने चलन हराउँदै गएको र आधुनिकताले खर्लप्पै पारेका बेला यस्तो सँस्कृति बिस्तारै हराउँदै गएको आवास हुन्छ ।
मगर बुहल गाउँमा बाहेक अन्य क्षेत्रमा यस्तो सँस्कृति देख्न मुस्किल भएकोले यही विÈयलाई उठान गरिएको फिल्म ‘रैयाँ’ एक उत्कृष्ट चलचित्र मानिन्छ । नेपाल मगर युवा संघ, कावासोतीको आयोजनामा प्रर्दशन हुन लागेको रैयाँ प्रदर्शनका लागि पोखराबाट कलाकार प्रिया थापा मगर, अशोक आले मगर, पूर्ण थापा मगर, अनिता मगर, दुर्गा थापा मगर, मीन पुन र निर्देशक मेजन पुन कावासोती प्रस्थान गरेका छन् ।
पर्यटकीय नगरी पोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायांकन साथै सफल प्रदर्शन गरिएको फिल्मले मगर महिलाको परम्परागत गहनालाई ‘रैयाँ’ लाई जीवन्तता दिने प्रयास गरेको छ । दुवै हातमा लगाउँने काँडे बाला (रैयाँ) हातको शोभा बढाउने मात्रै होइन, आपतविपतमा हतियारको समेत काम गर्ने विषयलाई रोचक तरिकाले फिल्ममा उतारिएको निर्देशक मेजन मगरले बताए ।
मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । फिल्ममा दुई नया“ अनुहारका अशोक आले मगर र प्रिया थापा मगर मुख्य भूमिकामा रहेका छन् । हर्क मगरको कथा रहेको फिल्मको निर्माता तारामाया थापा मगर र हर्क आले मगर हुन् भने डकुमेन्ट्री मेकर भिमबहादुर रानाको सहनिर्देशन रहेको छ ।