कालबाङमा तगु¥हो घोथाने परिवारको समाज भवन उद्घाटन

टुडे पोखरा संवाददाता
0Shares

 

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ मा अवस्थित कालाबाङमा रहेको तगु¥हो घोथाने समाज घरमा निर्माण गरिएको “बलध्वज स्मृति भवन” एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं चन्द दाता ईश्वर गुरुङले दिप प्रज्वलन गरी भवनको उदघाटन गरेका हुन् ।
कालाबाङ गाउँका “तगु¥हो घोथाने”हरुको पहिलो पुर्खा स्व.बलध्वज गुरुङको स्मृतीमा उक्त भवन निर्माण गरिएको समाजले जनाएको छ । वि.सं. २०५९ सालमा साढे एक रोपनी जग्गा खरिद गरी हालसम्म कुल ४४ लाखको लागतमा समाजको तीन तले भवन सम्पन्न भएको छ । भवन निर्माणका लागि समाजका सदस्य ईश्वर गुरुङले आप्mना स्व.बाबा आमा आसबहादुर गुरुङ र देउकुमारी गुरुङको स्मृतिमा ३ लाख रुपैंया सहयोग गरेका थिए भने स्व.गुरुङकै छोरीहरु चिजकुमारी गुरुङ र दुर्गाकुमारी गुरुङबाट जनही नगद ५० हजार रुपैंया र छोरी छली गुरुङबाट १० हजार तथा नातिनी ज्योती गुरुङबाट १० हजार एवं समाजका अन्य शुभचिन्तकहरुबाट संकलन गरिएको १६ लाख रुपैंयाको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
भवनको उद्घाटनका अवसरमा बोल्नुहुँदै प्रमुख अतिथि हाल हङकङ निवासी ईश्वर गुरुङले आफु जन्मेको गाउँको लागि आफु जहाँ जता रहेता पनि सधैं सहयोग गर्न तयार रहेको भन्दै मातृभूमिप्रतिको कर्तव्य कसैले पनि बिर्सन नहुने बताए । यस्तै कार्यक्रममा स्थानिय आमा समुहकी अध्यक्ष मनकुमारी गुरुङले समाजले गरेको काम आफैमा प्रशंसनिय रहेको भन्दै कुनै पनि काम गर्दा गल्ती कमीकमजोरी हुने तर ती गल्तीहरुलाई सुधार्दै अघि बढ्नुपर्ने बताइन् ।
समाजका कार्यबाहक अध्यक्ष बेलु गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब सु.लोकप्रसाद गुरुङले गरेका थिए भने समाजसेवी लौप्रसाद गुरुङले स्वागत स्वागत मन्तव्य राखेका थिए ।