कांग्रेसको तर्फबाट महानगरको उपप्रमुखकी उम्मेदवार गुरुङले तलब भक्ता सडक बालबालिकालाई गुरुङ

Today Pokhara
0Shares

पोखरा लेखनाथ महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सरस्वती गुरुङले आफुले जिते तलब भत्ता नलिने घोषणा गरेकी छिन् ।कांग्रेसको तर्फबाट महानगरको उपप्रमुखकी उम्मेदवार गुरुङले तलब भक्ता बापत आफुले प्राप्त गर्ने रकम सडक बालबालिकाको ब्यवबस्थापनमा खर्च गर्ने बताइन् । उप मेयरमा मलाई जिताउनुस्, तलब भक्ता बापतको रकम लिन्न , सडक बालबालिकाको लागि खर्चिन्छु । ’ उनले भनिन् । नेपाली काग्रेस पोखरा ७ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सडक बालबालिकाको लागि खर्च गर्ने बताएकी हुन् । यसअघि नेकपा एमालेको तर्फबाट महानगरको वडानम्बर २० का उम्मेदवार सिम गुरुङले पनि जितेपछि आफुले प्राप्त गर्ने तलबभक्ता नलिने र वडाकै विकासमा खर्च गर्ने घोषणा गरेका थिए ।