कलाकार थकालीलाई सम्मान

पोखरामा क्रियाशिल सामाजिक संस्था बसन्त–रुबिना फाउण्डेशनले विश्वकै सबैभन्दा ठूलो थान्का चित्र निर्माण गरेर प्रदर्शन समेत गर्न सफल कलाकार सूर्यबहादुर थकालीलाई सम्मान गरेको छ । फाउण्डेशनको शनिबार सम्पन्न तेश्रो अधिवेशन तथा पाँचौ साधारणसभामा कलाकार थकालीलाई सम्मान गरेको हो ।


प्रमूख अतिथि एबं पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले थकालीलाई दोसल्ला ओढाई ५ हजार, ५ सय, ५५ रुपैयाँ नगद र सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । समाजसेवा, कला क्षेत्र र खेलकुदमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई फाउण्डेशनले सम्मान गर्दै आएको छ ।
अधिवेशनले कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा जीवन दाहाल, सचिव शुशिल ज्वारचन, सह–सचिव प्रेमराज अधिकारी र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ र सदस्यहरुमा बिक्रम थकाली, धर्मा गुरुङ, नरकुमार थकाली, अनिता दर्लामी, तुलसा जिसी र पूर्णकुमार श्रेष्ठ छन् ।
अधिवेशनमा फाउण्ेशनका सचिव जीवन दाहालले सचिवको प्रतिवेदन प्रस्तुत गरे । फाउण्डेशनले सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले कास्कीको बान्द्रेढुङ्गाको एक विद्यालय, कास्की सुँईखेतको अम्बिका माविलाई सहयोग तथा आर्चरी प्रतियोगिताको आयोजना गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।उद्घाटन सत्रमा बोल्दै प्रमूख अतिथि बसन्तकेशव पराजुलीले जीवनमा केही न केही पुण्य कमाउने काम गर्नुपर्नेमा जोड दिए । एक्लाएक्लै भन्दा सामूहिक रुपमा काम गरियो भने लक्ष प्राप्ति हुने उनको भनाई थियो ।
फाउण्डेशनका संरक्षक बसन्त थकालीले समाजसेवामा लागेकाहरु संस्थाका लागि महान व्यक्तित्वहरु हुने बताए । खेलकुद र संगीतमा लाग्ने कलाकार तथा उनीहरुको बिपन्न परिवारलाई सहयोग गर्ने संस्थाको मूख्य उद्देश्य रहेको थकालीको भनाई थियो ।
कार्यक्रममा सल्लाहकार मदनकुमार भट्टचन, पूर्णबहादुर ह्योल्मो, अन्तरसमाज राष्ट्रिय महासंघका अध्यक्ष दिपेन्द्र राई आदिवासी जनजाती महासंघ, कास्कीका अध्यक्ष पानबहादुर घर्ति लगायतले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष निलबहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले स्वागत मन्तव्य र सचिव जीवन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।