कपडा व्यवसायी एशोसियसन कास्कीको क्यालेण्डर विमोचन र शुभकामना आदान प्रदान सम्पन्न ः

0Shares

कपडा व्यवसायी एशोसियसन कास्कीले मंगलबार नयाँ वर्ष २०७५ सालको शुभकामना आदान प्रदान सहित नयाँ वर्षको भिट्टेपात्रो (क्यालेन्डर) समेत विमोचन गरेको छ ।एशोसियसनद्धारा प्रकाशित नयाँ वर्ष २०७५ सालको भित्तेपात्रो (क्यालेन्डर) कार्यक्रममका प्रमुख अतिथि पोखरा उद्योग वाणीज्य संघका कार्यवाहक अध्यक्ष रविन्द्र बहादुर प्रजुले विमोचन गरेका हुन् ।उक्त अवसरमा बोल्दै उनले स्थानिय तहको नयाँ संचरना अनुसार बन्ने व्यवसायीक नीति तथा ऐनहरुलाई व्यवसायमैत्री बनाउने कार्यमा आवाश्यक समन्वय गर्ने बताएका छन् ।

व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणीज्यसंघ व्यवसायमैत्री ऐन तथा कानुनहरु निर्माणको पक्षमा रहेको बताएका उनले प्रदेश सरकारसंग सोही अनुसारको समन्वय गरिने बताए ।व्यवसायीक समस्याहरु समाधान गर्दै व्यवसायको विस्तार तथा प्रवद्र्धनका लागी आवाश्यक तालिमहरु संचालन गर्न वाणीज्य संघ तयार रहेको उल्लेख गर्दै उनले वस्तुगत संघहरु थप चनाखो बन्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणीज्य संघका कोषाध्यक्ष पवन प्रजापतिले व्यवसायीलाई मार पर्ने खालका नीतिहरु राज्यले अख्तियार गर्न खोजे एकतावद्ध भएर खबरदारी गर्नु पर्नेमा जोड दिए ।एशोसियसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बाँस्तोलाले व्यवसायीक एकतामा जोड दिए । फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष केशब बहादुर खत्रीले घरधनि र व्यवसायीका बिचमा सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।

कार्यक्रममा साँघुमुख बजार व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अधिकारी, बुद्ध विशाल बजार व्यापारीक एशोसियसनका सचिव बुद्धि बहादुर कुँवर, सर्वेश्वर मार्ग व्यावसायी समितिका अध्यक्ष सन्तोष पौडेल,फ्लोरिङ् एण्ड फर्नेसिङ् व्यवसायी समितिका सचिव जिवन श्रेष्ठ र कस्मेटिक व्यावसायी संघका द्धितिय उपाध्यक्ष दुर्गा बराल लगायतले नयाँ वर्षको शुभकामना सहित व्यावसायीक एकतामा जोड दिएका थिए ।
एशोसियसनका अध्यक्ष नविन नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष एंव भिट्टेपात्रो (क्यालेन्डर) प्रकाशन समितिका संयोजक लक्ष्मण न्यौपाने, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष यमनाथ तिमिल्सीना र संचालन महासचिव गजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *