पोखरा २३ कात्तिक । पोखरेली ब्याण्ड कन्दरा ४० दिने सांगीतिक यात्राको लागी आज मंगलबार अष्ट्रेलिया प्रस्थान गर्ने गरेको छ ।
एनआरएनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ ( एनएसडब्लु ) को आयोजनामा हुने कार्यक्रमका लागि ब्याण्ड पहिलो पटक अष्ट्रेलिया प्रस्थान गरेको हो । नेपाल फेस्टिबल अन्तर्गत सिड्नी, मेलबर्न, ब्रिजबेन लगाएतका शहरहरुका कार्यक्रमहरुमा कन्दराले लाइभ कन्र्सट प्रस्तुत गर्ने ब्याण्डका मेन भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिए ।
मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गितहरु हङ्गकङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडि गोठैमाको गीतहरु कन्सर्टमा प्रस्तुत गरिनेछ ।
ब्याण्ड टोली पुस ५ गते अष्ट्रेलियाबाट फर्कनेछ । अष्ट्रेलिया यात्रामा ब्याण्डका बुद्ध बर्जाचार्य किबोर्ड, अमित गुरुङ्ग गितार, अशिम शेरचन गितार, अनिल गुरुङ्ग बेष्ट गितार, अभिनास गायक मादल, सुनिल थापा ड्रमर र गायक बिबेक श्रेष्ठ सहभागी छन् ।
Leave a Reply