कञ्जनपुरको पुर्नबासबाट १८ किलो सुन बरामद

कञ्जनपुरको पुर्नबासबाट १८ किलो सुन बरामद
6Shares

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट १८ किलो सुन बरामद गरेको छ ।

सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले पुष्टि गरेका छन् । सुनसँगै प्रहरीले दुई जनालाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीतर्फ ल्याइदैछ । घटनाको पुर्ण विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *