कञ्चनजङ्गा फुटवल कपको उपाधि अक्फोर्डलाई

Today Pokhara
0Shares

पोखरा, मंसिर

पोखरा ११ फूलवारीस्थित कञ्चजङ्गा इङ्लिस बोर्डिङ स्कुलद्धारा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय ६ ए img_3774साइड चौथो कञ्चनजङ्गा फुटबल कप २०७३ को उपाधि पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलले जितेको छ ।
विद्यालयको खेलमैदानमा आइतवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बालकल्याणलाई ट्राइबेकरमा अक्सफोर्डले ४—३ गोलले पराजित गर्दै १२ हजार ५५० रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको हो ।

निर्धारित समयमा बराबरी १—१ गोल भएपछि उपाधिका लागि खेल ट्राइबे्रकरमा पुगेको थियो । उपविजेतामा चित्त बुझाउनु परेको बालकल्याण ८ हजार ५५० रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्रबाट पुरस्कृत बन्यो । फाइनल प्रवेशका लागि आइतवार नै सम्पन्न सेमिफाइनलमा अक्सफोर्डले सत्यसाई विद्याश्रमलाई २—० र बालकल्याणले डिफेण्डिङ्ग च्याम्पिएन अमरसिंह नमुना उच्चमावि बीलाई १—० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा अक्सफोर्डका टिम क्याप्टेन रहेका अजय गुरुङ बेष्ट प्लेयर, अक्सफोर्डकै गोल किपर अञ्जन शाही बेष्ट किपर, अक्सफोर्ड का कोच मदन रेग्मी बेष्ट कोच, शिवशक्ति ए का अशोक नेपाली सर्वाधिक गोलकर्ता, सत्यसाई विद्याश्रम अनुशासित टिम घोषित हुदै ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो भने बालकल्याणका कोच पदम गुरुङलाई समेत उत्कृष्ठ कोचबाट सम्मान गरिएको थियो ।
पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि एन्फा कास्कीका पुर्व अध्यक्ष खेमबहादुर गुरुङ, विद्यालयका निर्देशक श्रीजङ गुरुङ, निर्देशक लक्ष्मी गुरुङले पुरस्कृत गर्नुभएको थियो । समापन समारोहमा प्रतियोगिताका सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि खेमबहादुर गुरुङले विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुदै नेपाली फुटबल व्यवसायिक र स्तरबृद्धि हुदै गएकाले पोखराबाटै राष्ट्रिय खेलाडी बन्न सफल अनिल गुरुङ, विजय गुरुङ, बसन्त गौचन जस्तै बन्न शुभकामना व्यक्त गर्नुभयो । हालै नेपालले धेरै उत्कृष्ट खेल प्रदर्शन गर्दै इतिहास रच्दै गएकोमा प्रसंसा गर्नुहुदै अहिले नेपाली फुटवल खेलाडीहरुले मासिक एक लाख तलब प्राप्त गरिरहेकाछन्, भन्नुहुदै खेलमा उत्कृष्ट बन्न सके रोजगारीको कुनै समस्या नहुने बताउनुभयो ।

विद्यालयको निर्देशक श्रीजंग गुरुङ अध्यक्षतामा भएको कार्यक्रमका सहायक प्रिन्सिपल डिल्लीजंग गुरुङले स्वागत तथा धन्यवाद मन्तव्य र शिक्षक हरिप्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति गरेका थिए ।
खेल खेलौं, निरोगी बनौं नाराका साथ प्रतियोगिताबाट वचत रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले मंसिर ३ गतेबाट शुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो