छवि मगर
नेपाल मगर संघ चाउथे मगर इकाई समिती कास्कीको आयोजनामा भएको ओहरा अर्थात वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । चाउथे मगर इकाई समितीले गरेको बनभोज कार्यक्रम चाउथेको रातोडाडामा शनिबार कौराको रौनकमय भएको थियो ।उत बनभोजमा समीतीका सदस्यहरुको बाक्लो उपस्थीती थियो। बनभोजमा नेपाल मगर संघका पदाधीकारी र मगरआमसंचारकर्मी हरुकोपनि उपस्थीती थियो ।
बनभोजमा खानपान सगै लोक मञ्च नृत्य प्रतियोगीता प्रथम स्थान हासील गर्ने सफल चाउथे मगर इकाइ संघका कलाकारहरुको लाइभ कौरा नाचले सबैको मनमा रमाइलोपन छाएको थियो भने पाहुना हरुपनि कौरा गितमा कलाकार बहीनीहरु सगै छमछमती नाचेर रमाएका थिए।
कौरा नाच मगर जातीको परम्परागत नाच भएकालेपनि बुढापाखा देखी युवाहरुको मन पनि खिचेको थियो ।पछिल्लो समय कौरा नाचलाइबचाइ राख्नु पर्छ भन्ने सोचकासाथ मगर जाती आफनो पछिलन्नो पुस्तालाई सिकाउन लागी परेको बताउछिन् चाउथे मगर इकाई समितीकी सहल्लाकार तारा थापामगर ।
कौरा नाचको कोरियोग्रफर रैयाँ फिल्मका नायक अशोक आलेमगरले गरेका थिए । बनभोजमा कार्यक्रममा समीतीलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई खादा लगाई अभिन्दन गरीएको थियो । बनभोजकार्यक्रमको संचालन चाउथे मगर इकाई समितीकी सचिब यामसरी थापाले गरेकी थिइन ।
Leave a Reply