एल्बिनको म्यूजिक भिडियो ‘हे गोरी’

टुडे पोखरा संवाददाता
0Shares

छवि मगर
पोखरा, ११ असोज । नवोद्धित गायक एल्बिन थापाको पहिलो गीत “हे गोरी” को म्यूजिजिक भिडियो बिमोचन गरीएको छ । अडियोमा लोकप्रिय बनिसकेको यस गीतको भिडियोलाई गायक बिबेक श्रेष्ठ, कर्णदास, मनोज गुरुङ तथा गायीका पालले सोमबार सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै गायक कर्णदासले संगीत क्षेत्रमा प्रवेश गर्न सजिलो भएपनि निरन्तरता दिन भने निकै चुनौतीपूर्ण रहेको बताए । गायक विवेक श्रेष्ठले म्युजिक भिडियो निर्माणको लागि राजधानी नै ताक्नुपर्छ भन्ने मान्यतालाई ‘हे गोरी’ को भिडियोले तोडेको विचार राखे ।
albumगायक मनोज गुरुङ, विनित जोजिजु, गायिका इतु पाल र माया पुनले भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । भिडियो निर्देशक अपिल त्रिपाठीले भिडियोमा सिमित स्रोत साधन र जनशक्तिको प्रयोगबाट अधिकतम गुणस्तर दिने प्रयास गरीएको बताए । सहज अवधारणामा सरल भिडियो बनेको त्रिपाठीको भनाई थियो ।
गायक एल्बिन थापाले अथक मेहनत पछी मात्र भिडियो सार्वजनिक गर्न सफल भएको स्मरण गर्दै संगीत बाहेक आफूले केही नसोचेको बताए । सार्वजनिक भिडियोमा चल्तीका कलाकारहरु अनु शाह, निराजन श्रेष्ठ र सुमन श्रेष्ठको अभिनय रहेको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतको भिडियोको सम्पादन सुवा अम्गाई र छायङ्कन सरोज अधिकारीले गरेका हुन् । फलानो क्रियशनले भिडियो तयार पारेको हो ।