एन प्याव्सान कास्कीद्धार अंग्रेजी वक्तृत्वकला प्रतियोगिता
पोखरा, १९ जेठ। नेशनल प्याव्सान कास्कीको आयोजनामा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
नेशनल प्याव्सान कास्कीमा आवद्ध विद्यालयबीच भएको प्रतियोगितामा ३३ जना विद्यार्थीको सहभागिता रहेको थियो।
प्रतियोगितामा रत्नज्योति वोर्डिङ स्कूलकी सोनिया अधिकारी प्रथम, वर्डस एकेडेमीका सुवोदकुमार ठाकुर द्धितीय, कास्की मोडनाइज्डकी प्रकृति ढकाल तृतीय र नेशनल त्रियशनकी सुरक्षा सुवेदी सान्त्वना भएका थिए।
संविधान कार्यान्वय र चुनौती विषय राखिएको उक्त वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा प्रोफेशर तीर्थराज अर्याल, पृथ्वीनारायाण क्याम्पसका सहायक क्याम्पस प्रमुख विश्वराज अधिकारी, अंग्रेजी भाषा शिक्षक एशोशियसन नेल्टा कास्कीका निवर्तमान अध्यक्ष पितृराज बास्तोला रहेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रोफेशर डाक्टर मानबहादुर केसीले सूचनामुलक विषयवस्तुमा गरिएको यो वक्तृत्वकला प्रतियोगित विद्यार्थीका लागि फलदायी बनेको बताए।
विद्यार्थीहरुका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई थियो।
नेशनल प्याव्सानका केन्द्रीय उपाध्यक्ष यम खड्काले एन प्यब्सान भित्रका शिक्षक र विद्यार्थीबीचको सम्बन्ध प्रगाढ बनाउन यस्ता प्रतियोगिता कोषोढु·ा बन्ने बताए।नेशनल प्याव्सानका केन्द्रीय सदस्य हेमन्त अधिकारीले विद्यार्थीको प्रस्तुतिमा गहनता रहेको बताए।
नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वर्डस एकेडेमीका संस्थापक प्रिन्सिपल प्रकाशराज वाग्लेले स्वागत र लिटल फ्लावर एजुकेशनल एकेडेमीका प्रिन्सिपल विष्णुहरि पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।
एन प्याव्सान कास्कीद्धार अंग्रेजी वक्तृत्वकला प्रतियोगिता
Today Pokhara
