गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष योगकुमार फमागी र एनआरएन आइसिसी सदस्य जयप्रकाश गुरुङलाई पोखरामा स्वागत गरिएको छ ।
बेगखोला कल्याणकारी समाज पोखरा, फोनिज कास्की, ब्रिटिस गोर्खाज ट्रेनिङ सेन्टर पोखराका पदाधिकारीले पोखरा विमानस्थलमा अध्यक्ष फगामी र गुरुङलाई स्वागत गरेका हुन् ।
अध्यक्ष फगामी र गुरुङलाई मोना यूकेका भूपू अध्यक्ष दलमान पुनले फेटा गुथाउनुका साथै खादा लगाएर स्वागत तथा सम्मान गरिएका थिए । अध्यक्ष फगामी र आइसीसी सदस्य गुरुङ म्याग्दीको दरबाङमा हुने मोना आइसिसीको अधिवेशन तथा एनआरएन आइसिसीको काठमाडौंमा हुने महाधिवेशनमा भाग लिन नेपाल आएका हुन् ।
मोनाको अधिवेशन ८, ९ र १० अक्टोबर मा हुँदैछ भने एनआरएन आइसिसीको महाविधेशन काठमाडौंमा १४ देखी १७ अक्टोबरमा हुँदैछ ।
Leave a Reply