एनआरएनए नागोयाको संयोजकमा गोला प्रर्थाबाट केसी

टुडे पोखरा संवाददाता
0Shares

गैरआवासीय नेपाली संघ जापानको तोकाई होकुरिकु क्षेत्रीय समितिको छैठौ अधिवेशनबाट संयोजकमा दिपक केसी चयन भएको छ ।नागोयाको नाककु स्थित साकुरा काईकान हलमा जुलाई पन्ध्रमा सम्पन्न भएको अधिवेशनवाट उप-संयोजकमा दिलिप राना मगर, सचिवमा श्याम सितल, सह-सचिवमा धुर्बराज सुबेदी, कोषाध्यक्षमा सिता कोइराला र सदस्यहरुमा सुदिप धिमिरे ,धुर्ब गौतम ,ज्ञानेन्द्र रायमाझी ,विनयकुमार जी.सी ,सुसिल पौडेल र नवराज थापा चयन भएक छन् ।

भने खालि रहेको पद “उप-संयोजक एक र सदस्य एक “का लागि भने नँया कार्यसमितिको पहिलो बैंठकले निर्णय गर्ने जानकारी नवनिर्बाचित संयोजक के.सीले जानकारी दिएका छन् । साथै संयोजकका लागि दिपक के.सी. र राज कुमार अधिकारी बिच चुनाब हुने जस्तो देखिए पनि अन्तत आपसी समजदारीमा गोला पर्था मार्फत जाने घोषणा भएको निर्वाचन समितिको संयोजक याम खत्रीले जानकारी दिएका छन् । अधिवेशनमा जापानस्थित आइचिकेन,मेई केन र गिफु केनका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।