उम्मेदबार कृष्ण केसीले भने – ‘जनताको घरदैलोमा गरेका बाचा पूरा गर्छु’

 

कास्की निर्वाचन क्षेत्र नं १ (ख) का उम्मेदबार कृष्ण केसीले मतदाताप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
शनिवार विज्ञप्ति प्रकाशित गरी उनले ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदाताले आफुप्रति प्रकट गरेको माया, ममता र स्नेहको सदैव सम्मान गर्ने उल्लेख गरेका छन्।
मलाई दिनु भएको मतको म उच्च सम्मान गर्छु कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेदबार केसीले भनेका – ‘जनताको सेवा गर्न सदैव अग्रसर रहने छु।’
उनले निर्वाचनको समयमा जनताको घरदैलोमा पुगेर गरेका बाचा पूरा गर्न प्रतिवद्व रहेको जनाएका छन्।
उनले निर्वाचनमा विजयी हुनेहरुलाई बधाई तथा शुभकामना व्यक्तगर्दै आफ्नो तर्फबाट सहयोग रहने प्रष्ट पारेका छन्।
विज्ञप्तिमा निर्वाचन सम्पन्न गर्नका लागि खट्ने निर्वाचन आयोगका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, पार्टीका नेता तथा कार्यकर्ता लगायत सवैप्रति आभार व्यक्त गरेका छन्।