पोखराप्लस संवादाता
पोखरा, पौष
लेखनाथ नेवा खलः र लेखनाथ मिसा पुचःको आयोजनामा त्रि दिवसीय उद्घोषण तालिम लेखनाथको गगनगौडामा सम्पन्न भएको छ । लेखनाथ नगरपालिका भित्र रहेका इकाईका ३५ प्रतिनिधिहरुको सहभागिता रहेको तालिममा रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले प्रशिक्षण दिनुभएको थियो ।मंगलबार देखि शुरु भएको तालिम विहिबार सम्पन्न भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेवा खलः लेखनाथका अध्यक्ष प्रेम लिगलले तालिम फलदायी भएको भन्दै सहभागीहरुमा देखिएको उत्साहले आफुउत्साहित भएको बताए । अर्को चरणमा तालिम सञ्चालन गर्दा ७ दिनको बनाउने पनि बताउनु भयो ।
तालिमका प्रशिक्षक घनश्याम पाण्डेयले सहभागी भित्र रहेको प्रतिभा तालिमले बाहिर ल्याउनेकाम गर्ने बताउदै तालिममै सहभागीले समापन कार्यक्रम निर्धक्क सञ्चालन गर्नसक्नु यसको नमुना भएको बताए ।
तालिममा सहभागीहरुले छोटो समयमा आफुहरुले धेरै कुरा सिक्न पाएको भन्दै आयोजक र प्रशिक्षक लार्य आभार प्रकट गरेका थिए । समापन कार्यक्रमका अध्यक्ष एवं लेखनाथ मिसा पुचःका अध्यक्ष मेनुका श्रेष्ठले छोटो सुचनामा तालिममा सहभागी भएर सोचे भन्दा राम्रो गरेको भन्दै सहभागीहरु लाई तालिमले भोक जगाउने काम गरेको बताए ।
घर भित्रै सिमित हुदा बाहिरी संसार बुझ्न बाट बञ्चीत भइने र कुनै सभासमारोहमा पुग्दा पनि आफ्ना कुरा राख्न नसक्दा हिनता बोध हुने भन्दै श्रेष्ठ तालिममा सहभागी सवैले निर्धक्क आफ्नो कुरा राख्न सक्ने भएको भन्दै यस्लार्य निरन्तता दिन आग्रह गरे ।
सहभागी सरिता श्रेष्ठले उद्घोषण तालिम मात्रै नभएर आफुहरुले घर परिवार समाजमा गर्ने ब्यबाहार पनि राम्रो संग सिकेको बताउनु भयो । उहाले उद्घोषण संगै भाषणकला पनि आफुहरुले सिकेको बताउदै मानिस लाई सहीबाटो र आत्मविश्वास बढाउने काम तालिमले गरेको पनि बताए ।
सहभागी गगा श्रेष्ठ सञ्चालन गर्नुभएको कार्यक्रममा, गगन गौडा मिसा पुचका सरु श्रेष्ठ , गणेश नेवा खलःका नरेश कुमार श्रेष्ठ र जयराम श्रेष्ठ लगायतले बोलेका थिए ।
तालिममा माइनटेष्ट गेममा राजचौताराका मनिषा श्रेष्ठ विजेता भए भने शिसुवाका जमुना श्रेष्ठ उपविजेता भएका थिए ।
Leave a Reply