इमेज लोक कलाकारको अडिसनबाट १५ जना दोस्रो चरणमा

भीमसेन घिमिरे
पोखरा, २४ भदौ ।
इमेज च्यानलको आयोजनामा ‘कोलगेट इमेज लोक कलाकार’ नामक प्रत्यक्ष लोक गीत गायन प्रतियोगिताको पोखरा अडिसन शुक्रबारदेखि सुरु भएको छ ।
गाउँ गाउँमा लुकेर रहेका प्रतिभा खोजीका लागि आयोजित प्रतियोगिताको अडिसन शनिबारसम्म पोखराको घारीपाटनस्थित होटल जलमहलमा जारी रहने कार्यकारी निर्माता अनुपा श्रेष्ठले जनाइन् ।
photoअडिसनका लागि पश्चिमाञ्चलका विभिन्न जिल्लाका एक सय बढी प्रतियोगीहरुले पहिलो दिनको अडिसनमा सहभागिता जनाएका छन् । उत्कृष्ट प्रतियोगीलाई दास्रो चरणका लागि छनोट गरिएको छ ।
अडिसनमा राष्टिय लोक दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायिका शान्ति गुरुङ र तेजेन्द्र गुरुङ निर्णायक मन्डलको रुपमा रहेका छन् । पहिलो दिनको अडिसनबाट उत्कृष्ट प्रतियोगी छनोट भईरहेका छन ।
प्रतियोगीतामा प्रथम हुनेलाई नगद १ लाख रुपैयाँसहित सांगीतिक एल्बम र भिडियो निकाल्ने अवसर प्रदान दिईने छ भन्ने इमेज टेलिभिजनको उकाली–ओरालीमा कार्यक्रम प्रस्तोताको अवसर समेत छन ।
अडिसन पोखरापछि धरान र काठमाडौँमा हुने छ । नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक इमेज टेलिभिजनले विशुद्ध नेपाली लोकगीत गायनको वृहत प्रतिस्पर्धा गरेको हो ।