‘पोखरा सभागृहमा चौथोे ‘इक्यान शैक्षिक मेला–२०७३’ जारी छ । विदेशमा शिक्षा लिन जाने विद्यार्थीहरु चासोका साथ मेलामा सहभागी भएका छन् । बुधबारदेखि सुरु भएको मेलामा पोखरा र आसपासबाट थुप्रै विद्यार्थीहरु वैदेशिक अध्ययनको बारेमा जानकारी लिन आफ्ना अभिभावक सहित आउने गरेका छन् । आयोजकका अनुसार बिहीबार पनि विद्यार्थीहरुको चाप अत्याधिक भएकोले परामर्शदाताहरुलाई दिन भर व्यस्त रहे ।
‘आजको विद्यार्थी र अभिभावक हामीले सोँचेको भन्दा बढि आएको पायौँ ।’ इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले भने–‘अधिकांश विद्यार्थीले अभिभावकलाई पनि लिएर मेलामा आएका छन् ।’ उनले मेलामा छात्र भन्दा छात्राहरु अझ बढि आएको बताए । उनले विद्यार्थीहरुमा वैदेशिक उच्च शिक्षाको बारेमा बढि चासो उत्पन्न भएको बताए । उनले बिहीबार मात्रै ५ हजार भन्दा बढि विद्यार्थीले मेलाको अवलोकन गरेको बताए ।
नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलामा उत्साहजक सहभागिता रहेको मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । ‘विद्यार्थी र अभिभावकको उपस्थितिबाट हामी उत्साही भएका छौं,’ उनले भने, ‘ शुक्रबार पनि उल्लेख्य मात्रामा अवलोकनकर्ताको भिड लाग्ने विश्वास लिएका छौं ।’
नेपाली विद्यार्थीलाई स्वेदशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविश्यका विषयमा सूचना प्रवाह गर्न मेला निकै उपयोगी रहेको उनको भनाई छ । ‘स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका विद्यार्थी तथा अभिभावकलाई जानकारी दिएको बताए ।
मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाका लक्षित विद्यार्थी तथा अभिभावकलाई मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी छन् ।
सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिमप्राप्त परामर्श दाताहरुका ४५ वटा स्टल मेला राखिए छ । उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा अध्ययन गर्न रुची राख्ने विद्यार्थी र उनीहरुका अभिभावकका लागि परामर्श लिन मेला निकै प्रभावकारी हुने भएकाले इक्यानले सहभागी हुन आग्रह गरेको छ । करिब ३० हजार जना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ ।
नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा आयोजित मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर छन् । सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् । होटल पार्टनमा रानीवन अर्किड, आइटि पार्टनरमा बाराही इन्टरनेट टेक्नोलोजि प्रालि, अफिसियल बैंकमा प्रभु बैंक रहेका छन् । अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपूर्ण एफएम, गन्थन डटकम र जक्सन डटकम छन् ।
बसुन्धरा र अमनलाई स्मार्टफोन
मेला अवरोकन गरी लक्की ड्रमा भाग लिने मध्येबाट लक्की ड्र मार्फत दुई जना विजेता बनेका छन् । बुधबार पोखरा ७ रत्नचोकका विद्यार्थी अमन गुरुङ विजेता बनेका थिए भने बिहीबार पोखरा न्युरोडकी बसुन्धरा श्रेष्ठ लक्की ड्रमा विजेता बनेको इक्यान कास्कीका सचिब भुवन क्षेत्रीले जानकारी दिए । बुधबारको लक्की ड्र इक्यानका अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए भने बिहीबारको लक्की ड्र इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीले गरेको क्षेत्रीले जानकारी दिए ।
Leave a Reply