आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ पहिलो साता देखी।

पोखराप्लसवादाता

पोखरा, ८ मंसिर।

पोखरामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ पहिलो साता हुने भएको छ । मा15-aaha-rara-logoघ पहिलो साता प्रतियोगिता गर्न समय तालिका अखिल नेपाल फुटबल संघबाट दिएको आयोजक सहारा क्लब पोखरा विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷एन्फा,कास्की÷ सहारा यु.के.÷सहारा हङ्गकङ्ग÷सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोग रहने महासचिब केशव थापाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार नै प्रतियोगिताको आयोजना गर्न लक्ष्य लिएका क्लबले जनाएको छ । प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित सहारा एकेडेमीमा खर्च गर्ने उल्लेख छ । हाल तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन ।