आयो घनश्याम पुनको ‘हाई माया गाजलु’ (भिडीयोसहित)

0Shares

गायक तथा संगीतकार घनश्याम पुन मगरको ‘हाई माया गाजलु’ बोलको गीत बजारमा आएको छ । अचानोलाई खुकुरीको घाउ गीतको अपार सफलतापछी यो गीत बजारमा आएको हो ।

गीतमा गायीका मिना श्रीस मगर र गायक तथा सगींतकार घनश्याम पुन मगरको स्वर रहेको छ । लय तथा शव्द पनि घनश्याम पुन मगरकै रहेको गीतको म्यूजिक भिडियो समेत तयार भएको छ ।

पोखरा फेवातालको विभिन्न भागमा छायाङ्कन गरिएको उक्त भिडियोलाई चल्तिका निर्देक प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
राजेश घिमिरेको छायाङ्कन, सम्पादन विष्णु शर्माले गरेको भिडियोलाई साइराम भिजन प्रालि.ले निर्माण गरेको हो ।

सम्झना डिजिटलको प्रस्तुतिमा बनेको भिडीयोमा चल्तिका मोडल प्रकाश सपुत र शान्ति थापा पुन मगरको उत्कृष्ट नृत्य तथा अभिनय रहेको छ । गीत तथा म्यूजिक भिडियो तयार गर्न करिब एक लाख ५० हजार खर्च भएको भिडियो निर्माता तथा गायक घनश्याम पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *