आठौ हेम्जा आलु महोत्सव फागुन २३ गते देखी

छवि मगर

आठौ हेमजा आलु महोत्सव–२०७३ तयारी तिव्र पारिएको छ। सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिका अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको महोत्सव फागुन २३ देखि चैत १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुदै छ। महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारीलाई तिव्र पारेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।महोत्वस सपफल बनाउका लागि विष्णु पादुका क्लवका उपाध्यक्ष ज्ञानु थापाको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ भने नौ सदस्यीय सम्पादन समिति गठन गरिएको छ। महोत्सवलाई सफल बनाउनका लागि विभिन्न ३२ वटा उपासमिति समेत गठन गरिएको छ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुती, जापानिज सुन्तला, च्याउँ, कफि चियाको विक्रि एवम् प्रदर्शनी रहेको छ। महो

त्सवा सेती नदी ¥याफ्टिड्ड, जीपलाईन फ्लायर, बन्जी जम्पको टिक उपलब्ध गराईने संयोजक थापाले जानकारी दिए।महोत्सव सम्पन्न गर्नका लागि करिव ३१ लाख पाँच हजार खर्च लाग्ने र ३३ लाख पाँच हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए। महोत्सवमा भित्र र वाहिर गरि करिव दुई करोडको आलुको कारोवार हुने कृषक परिचालन समितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।महोत्सवमा १५ प्रकारका आलुका परिकार रहने रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजकमा विजय थापाले जानकारी दिए।

महोत्सवमा ६० वटा व्यवसायिक स्टल, ० वटा कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहने व्यवस्था मिलाईएको स्टल व्यवस्थापन उपसमिति संयोजक भक्तबहादुर थापाले जानकारी दिए। महोत्सवमा टिकट ८० कायम गरिएको छ भने विद्यार्थीलाई ५० कायम गरिएको छ। महोत्सवको वेलुका चर्चित व्याण्डहरुको लाईभ कन्सर्ट पनि राखिएको छ। महोत्सवमा होलि विशेष पनि कार्यक्रम राखिएको मुल आयोजक समिति संयोजक थापाले जानकारी दिए। जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले महोत्सवले यस क्षेत्रलाई आलु गाँउको रुपमा परिचित गराएको बताए। उनका अनुसार कास्कीमा गत वर्ष ३३ कारोडको आलु उत्पादन भएको थियो।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिप्रेन्द्र श्रेष्ठले महोत्सवलाई सफल बनाउनका लागि महासंघ समन्वय गरेर अगाडि वढ्ने बताए। कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्य समिति पदाधिकारी सदस्य तथा पार्षदलई पनि वधाई सहित सम्मान गरिएको थियो।
विष्णुपादुका क्लव हेमजाका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले स्वागत र महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।गत वर्ष हेमजामा तीन सय ५० हेक्टर क्षेत्रफलमा आलु लागईएको अर्यालले जानकारी दिए ।

उनका अनुसार गत वर्षको उत्पादन प्रति हेक्टर १४ दशमल ८५ रहेको थियो। गत वष छ पाँच हजार एक सय ९७ दशमल पाँच मेट्रिक टन आलु उत्पादन भएको थियो।गत वर्ष १५ करोड ५९ लाख २५ हजार रुपैयाको आलु उत्पादन भएको अर्यालले जानकारी दिए। हेमजामा एक हजार पाँच सय घर धुरीले आलु लगाए पनि व्यवसायिक रुपमा एक हजार एक सय ५० घर धुरीले आलु खेती गर्दै आएका छन्। यस वर्ष आलु किसानहरुले अझै आलु खन्न वाकि रहेकोले तथ्याड्ढ नआएको अर्यालले जानकारी दिए।
हेमजामा यो जातको अलावा खुमल लक्ष्मी, जनक देव, खुमल रातो, खुमल सेतो, खुमल उपाहार, कुफ्र्रीज्योती आलुको विउ लगाउन सकिने प्राविधक सहायक गुरुप्रसाद अर्याल बताउछन्। यस गाँउमा आलु महोत्सव हुदै आएको छ।