आज आदर्श कला केन्द्रको विशेष सांगीतिक साँझ

0Shares

छवि मगर

पोखरा-पोखरामा आज शनिबार आदर्श कला केन्द्रको विशेष सांगीतिक साँझ हुँदैछ । दिउाँसो तीनबजेदेखि पोखरा सभागृहमा शुरु हुने आयोजकले बताएका छन् ।

आदर्श कला केन्द्रको २१ औं बार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने केन्द्रकाजय कुमार परियारले जानकारी दिए । जयका अनुसार सांगीतिक साँझमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियारसहित सुगम संगीतका चर्चित गायक मनोजराज र जय कुमार परियारको प्रस्तुती रहनेछ।

सांगीतिक साँझका प्रमुख अतीथि नेपाली चलचित्र संगीतका चर्चित संगीतकार प्रकास गुरुङ्गको आगमन रहने प्रचारप्रशार संयोजक मन क्षेत्रीले जानकारी दिए । गुरुङ्गले नेपाली चलचित्र ‘झुमा’, ‘सडक’, ‘आन्दोलन’, ‘आघात’ ‘भगवान’ आदीमा संगीत दिएका छन् ।

सांगीतिक साझमा कला केन्द्रकै बिद्यार्थी मृतक मन्जु महतलाई मरणोपरान्त सम्मान गरिने र कला केन्द्रका विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिने परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *