पोखरामा आइतबार आयोजना भएको आकस्मिक रक्तदानमा एक सय २३ युनिट रगत संकलन भएको छ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुबमणि लामिछाने र पश्चिमाञ्चल क्याम्पस प्रमुख रामप्रसाद पौडेलले संयुक्त रुपमा प्रथम रक्तदाता आशिष शर्मालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियोे ।
स्थानिय निर्वाच (२०७४ को लहरको कारण पोखरामा रक्तदान कार्यक्रम नभएपछि भएको रगतको अभाबलाई मध्यनजर गर्दै इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर परिसरमा भएको रक्तदानमा विधार्थी लगायत अन्य स्थानियको सहभागिता रहेको थियो ।
पोखरामा बिगत देखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको युवाहरुको फेसबुक समूह वि आर वान, सोच फाउन्डेसन र क्याम्पसमा गठित स्याङ्जा सम्पर्क समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेकोे थियो ।
कार्यक्रमको संयोजक समेत रहेका वि आर वान ग्रुपका संयोजक सुर्य तिमिल्सिनाले आकस्मिक रुपमै आयोजित कार्यक्रममा समेत उत्साहपुर्ण सहभागिता भएको भन्दै सम्पुर्ण रक्तदाता,स्वयम् सेवकहरुलाई आभार प्रकट गर्दै यस्तो उत्साहपुर्ण सहभागिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए।
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुबमणि लामिछानेले पछिल्लो समय पोखरामा रगतको अभाव भएकाले अन्य संघ संस्थालाई समेत रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरे।
Leave a Reply