आईरहेको चार्ड पर्वमा मगर चलचित्र कलाकारहरु

मेजन पुन

हिन्दुहरुको महान चार्ड दशैं संघारमा छ । पर्वको बेला लामो समयसम्म भेटघाट नभएका परिवार तथा साथीभाईहरुसँग हुने मिलन साथै खानपिन एवम् रमाईलोको साथ छक्कापञ्जा खेलखेल्ने निश्चित छ । यस्तो अवसरमा प्रतिनिधि पात्रको रुपमा केही मगर चलचित्रकर्मीहरु को, कहाँ र के गर्ने योजना बनाइरहेका छन् । यसैमा आधारित रहेर सोधिएको प्रश्नको प्राप्त उत्तरको साथ समसामयिक लेख ।

चलचित्र श्रव्य–दृश्यात्मक प्रस्तुति भएको र यस प्रकारका प्रस्तुतिबाट मानव मस्तिष्क अधिक प्रभावित हुने भएको कारण हामीले चलचित्रको माध्यमबाट विश्व जगत समक्ष समग्र नेपाललाई चिनाउन सक्छौं । तथापि नेपालमा मौलिक, राष्ट्रियतापूर्ण, नेपालीपन, नेपाली जनजीवन र नेपाली मन बोकेका चलचित्र कम बन्ने गरेका छन् । भाषा र प्रविधिको कारणले पनि नेपाली चलचित्रहरुको विश्वव्यापी पहुँच बढाउन नसकिरहेको भए पनि नेपाली भाषी तथा नेपालीहरुको बसोबास भएका देशहरुमा प्रदर्शन भने हुने गरेको छ ।

कला र संस्कृति कुनै पनि मुलुकका पहिचान हुन् । विश्व मानचित्रमा नेपाल सानो भए पनि यहाँको भौगोलिक र साँस्कृतिक विविधता अनि प्राकृतिक सुन्दरताको कारणले हामी संसारभर आफ्नै प्रकारको समृद्धि र विशालतामा गोलबन्द छौं । हाम्रो सिर्जनामा यिनै भौगोलिक, साँस्कृतिक र प्राकृतिक विविधता तथा सुन्दरताका सम्मिश्रणहरु पाइन्छ ।

सयौं फुलका थुंगा हामी भन्दै एकताका राष्ट्रिय गान हामी गाउँछौं तर अझै पनि नेपालका आदिवासी जनजाति समुदाय सिंगो नेपाल मालाको फुल बन्न सकिरहेको अवस्था छैन । समग्र राष्ट्र हितमा काम नगरि पार्टीगत नियुक्ति, नातावाद देशमा अझै पनि हावी छ । तर पनि सकारात्मक भई केवल आईरहेको चार्डपर्वमा केन्द्रीत भई मगरको प्रतिनिधित्व गर्दै कलाकारितामा संघर्षरत केही मगरहरुसँगको वार्तालाई लेखको रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यो मगर समाजको प्रतिनिधि व्यक्तिहरुमात्र हुन् । मगर समाजबाट थुप्रै वरिष्ठ कलाकारहरु हुनुहुन्छ तर मगर चलचित्र क्षेत्रसँग सम्बन्धीत रहेर केही काम गरेका व्यक्तिहरुसँग मात्र यहाँ कुराकानी गरिएको छ । गत वर्षमा केही व्यक्तित्वहरुसँग कुराकानी गरि मैले वहाँहरुको अभिव्यक्ति सम्प्रेषण गरिसकेको कारण यसपटक वहाँहरु समावेश भएका छैनन भनेर जानकारी समेत गराउन चाहन्छु ।

अलि अगाडि रैंयाँ, खुर्पेटो, मीझार प्रदर्शनमा आईरहेको मगर चलचित्रहरु हुन् भने अहिले मगर चलचित्र लर्फु र पाहुर प्रदर्शनको चरणमा छ । र, राष्ट्रिय मौलिक कौराहा समितिद्धारा निर्मित डकुमेन्टरी चलचित्र कौराहा ईडिटिगको अन्तिम चरणमा छ ।

१। पहिलो मगर चलचित्र लङ्घन पश्चात खोटांगका थिरबहादुर थापा मगरसँग विवाह भएपश्चात दुई छोराहरु जन्मेको कारण यस क्षेत्रमा भुमिगत जस्तो भएँ । काठमाडौं कोटेश्वरमा बसोबास गरिरहकी तारा थापा मगर नजिकैको नवज्योति स्कुलमा अध्यापन गराउँछन् भने शिक्षा क्षेत्रमा आवद्धता भई ज्ञानको ज्योति फैलाउन नवज्योति कलेजमा उनको श्रीमानको संलग्नता छ । यसै गरि रेडियन्ट पब्लिक स्कुल स्युचाटारमा पनि विगत १२ वर्षदेखि साथीभाई मिलेर शैक्षिक क्षेत्रमा केही योगदान गर्न प्रयासरत छन् । चार्ड पर्व संघारैमा छ भने उनको बहिनीको असोज २८ गते बेल्टार, उदयपुर, लाफा चोक घरमा विवाह हुने भएको कारण २६ गते उतै जाँदैछन् । यही मौकामा बहिनीको विवाह र दशैंमा आफन्तजनसँग भेटघाट एवम् दशैंको रौनकमा त्यतै बेल्टार भुल्ने योजना गरिसकेकी छिन् । उनले तिहार चाहिं काठमाडौंमा मनाउने योजना गरिरहेकी छिन् ।
तारा थापा मगर ९टुगा०
नायिका –पहिलो मगर चलचित्र लङ्घन

२। नेपाली चलचित्रहरुमा विभिन्न क्षेत्रमा आवद्ध भई काम गरिरहेका राज थापा मगर आफ्नो निर्देशनमा निर्माण हुने कथानक चलचित्रको लागि स्त्रिप्ट लेखन गर्न ब्यास नगरपालिका कन्टारमा आएका छन् । उनी पहिलो मगर चलचित्र लङ्घनको नायक हुन् । अरुसँग धेरै काम गरियो अहिले आफुले निर्माण गर्न लागेको चलचित्रको लागि तयार गरिरहँदा चार्डपर्वको कारण अब लगतै झापामा आमा, बाबा र आफन्तलाई भेटघाट गर्न जाँदैछन् । र, दशै पछि कलाकार एवम् लोकेसनको खोजी गर्नको लागि बुटवल र पाल्पातिर जाने योजना गरिरहेका छन् ।
राज थापा काउचा मगर
नायक– पहिलो मगर नायक तथा रंगकर्मीरचलचित्रकर्मी

३। मोड्याल्नी, गाउला र छल बाटोमा अभिनय गरिसकेकी जुनु बुढा मगरको आमा, बाबा रुकुम टकसेरादेखि निकै अगाडि बसाई सराई गरि घोराही उपमहानगरपालिका १४, पशुपति टोलको बासिन्दा भएको कारण एवम् आफन्तजन धेरै जसो दाङमा बसोबास गरिरहेको हुँदा चार्डपर्वको रौनकमा उनी यतै आफन्तजन, साथीभाईसँग भेटघाट गर्दै ब्यस्त रहने छिन् । नेपाल मगर विद्यार्थी संघमा पनि रहेको कारण दशै लगतै संस्थाको काममा व्यस्त रहने हुँदा तिहारको योजना बनाई नसकेको बताउँछिन ।
जुनु बुढा मगर ९नायिका०

४। मगर चलचित्र सालीज्यु, चिन्डियाक र घावनाङ्खार ९जलेको बस्ती० मा नायिकाको रुपमा काम गरिसकेकी प्रभा आले मगर काठमाडौ मैतीदेवी बसेर संघर्ष गरेको पनि १२÷१३ वर्ष भइसकेछ । सोसियोलोजीमा मास्टर्स सकेर एमफिल गर्ने वा ल को लाईसेन्स लिनको लागि ३ वर्ष अध्ययन गर्ने अल्लमल्लमा रहेको बेला चार्डपर्वको चटारो संघारमा आएको छ । यस चार्डमा अरुण गाउँपालिका ३, भोजपुर प्याउलीमा आमा, बाबा र आफन्तहरुलाई भेट गर्न जाने मनसाय सहित २६ गते धरान गई २८र२९ मा गाउँ पुग्ने योजना बनाईसकेकी छिन् । वर्षा ईन्टरनेस्नल कलेजमा एकाउन्टेडको जागिरबाट लिभमा बसेको बेला अध्ययनलाई अगाडि बढाउनको लागि राजीनामा दिने मनसाय समेत गरिरहेकी छिन् । उनले तिहार चाहिं काठमाडौमा नै मनाउने विचार गरिसकेकी छिन् ।
प्रभा मगर ९नायिका०

५। काठमाडौंमा बसेर म्युजिक भीडियो र विभिन्न प्रोग्राममा आफ्नो नृत्य प्रस्तुति दिई संघर्षरत सपना ढेंगा मगर मिक डी चलचित्र र नेपाली सामाजिक चलचित्र मोबाईल २ मा अभिनय गरिसकेकी छिन् । मिक डीको चितवनमा च्यारिटी शो सम्पन्न भईसकेको छ भने पाल्पामा शो गर्नको लागि कुरा अगाडि बढाउँदैछन् । काठमाडौंमा ब्युटी पार्लर पनि सिक्दै गरेकी सपना यस पर्वमा आफ्नो घर पाल्पा, रामपुर १०, भञ्ज्याङबारीमा आमा, बाबा तथा आफन्तजनलाई भेटघाट गर्न जाँदैछन् । दशैं पछाडि लगतै काठमाडौं फर्केर तिहारमा फेरि पाल्पा जाउने योजना गरिरहेकी छिन् ।
सपना ढेंगा मगर ९नायिका०

६। काठमाडौं बनस्थली बसोबास गरिरहेको अनिल बुढा मगरको मुलथलो रुकुम टकसेरा हो । अठार मगरात क्षेत्र पर्ने रुकुमका रहनसहन जनजीवनलाई चलचित्रको पर्दामा ल्याउन उनी प्रयासरत छन् । मगर चलचित्र गाउलामा सह–निर्देशन, निर्माता एवम् लेखन कार्य गरि उत्साहित भएका अनिल बुढा मगरको अर्को सृजना लोम्बाले अमेरिकामा आयोजना भएको प्रथम आदिवासी जनजाति चलचित्र महोत्सवमा बेष्ट फिल्म, बेष्ट निर्देशन र बेष्ट कस्टुम गरि तीन अवार्ड जितेको थियो । जसको कारण सोही चलचित्र काठमाडौं र पोखरामा आयोजना भएको महोत्सवमा समेत प्रदर्शन भयो । आउन लागेको चार्डपर्वमा पनि आफ्नो आगामी प्र्रोजेक्टको तयारीको लागि समय दिनु पर्ने भएको कारण टकसेरा नजाने मनसायका साथ सोही प्रोजेक्ट तयारी गर्न काठमाडौंमा नै बस्ने योजना लिएका छन् ।
अनिल बुढा मगर
लेखनरनिर्देशक

७। मगर चलचित्रकर्मी संघ रुपन्देही जिल्लाका अध्यक्ष श्याम थापा मगरले मगर चलचित्र वाङ्ममुलेको कथा, छायाँकन र निर्देशन गरिसकेको पनि १३ वर्ष पुगेछ । अहिले पाहुरको निर्माता भई निर्माण सम्पन्न गरि भैरहवा र बुटवलमा प्रदर्शन गरिसकेका छन । बुटवल १३ बेलबासमा फोटो स्टुडियोको साथै मोबाईल पसल सञ्चालन गरिरहेका श्याम थापा मगर १ छोरा र १ छोरीका साथ चार जनाको परिवार आफ्नो पसल नजिक पथ्थरगंजामा बसोबास गरिरहेका छन् । पाहुर चलचित्र प्रदर्शनको लागि विभिन्न ठाउँ बर्दघाट, कावासोती, गल्याङमा कुराकानी अगाडि बढिरहेको छ । साथै चार्डपर्वमा गल्याङको ग्वादीमा रहेको माईत भेटघाटको लागि जाने क्रमसँगै त्यहाँ एउटा डकुमेन्ट्री फिल्म पनि छायाँकन गर्ने योजना लिएर चार्डको विदा सहित सृजनामा ब्यस्त रहने योजना लिएर बसेका छन् ।
श्याम थापा मगर
निर्देशक एवम् निर्माता

८। काठमाडौंबाट सर्ट फिल्म निर्माणको लागि आएको एउटा टोलीलाई सहयोग गरिरहेको अवस्था छ भने मगर चलचित्रका प्रथम नायक तथा कलाकार राज थापा काउचा मगर नयाँ चलचित्र लेखनको लागि दमौली आउनु भएको छ यसर्थ वहाँहरुको लागि व्यवस्थापन जिम्मा वहन गर्दैछु । ब्यास नगरपालिका ५, कन्टार आफ्नो घरमा सञ्चालन गरिरहेको कल्चर भिलेज एण्ड रेष्टुरेण्टको व्यवस्थापन एवम् रेष्टुरेण्टमा खानपिन, कफी सहित पुस्तक अध्ययन गर्ने वातावरण मिलाउन लाईब्रेरीको व्यवस्थापन गर्न ध्याउन्नमा छन् । चार्डपर्वको बेला २र४ दिन घिरिङ गाउँ र भीमादतिर जाने एवम् सोही अवसरमा गाउँमा चलचित्र कथा लेखन, उखान, टुक्का खोज्ने र गाउँको परिवेश बुझ्ने योजना गरिसकेका छन् । मगर चलचित्रकर्मी संघ केन्द्रीय सदस्य सुमन थापा मगरको निर्देशनमा रहेको छोटो चलचित्र लेंसान दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा छनोट भई प्रदर्शन भएकोमा उनी उत्साहित पनि भएका छन् । र, यस क्षेत्रमा अझ खोजमुलक कार्य गर्ने चाहना पालेका छन् ।
सुमन थापा मगर
निर्देशक लेंसान तथा कलाकार रैंयाँ

९। प्रथम बिग आईकन र मिस मगर २०१४ बनेकी उषा पुनको म्युजिक भीडियो ईडिट गर्ने काम सकेर म्याग्दी, नाङी गाउँको चिनारी भीडियो ईडिट एवम् दर्मिजा गाउँको भुमे पुजा सम्बन्धी डकुमेन्ट्री फिल्मको पनि ईडिटको काम शुरु हुँदैछ । संघारमा आएको चार्ड पर्वको कारण कार्तिक १ गते मोदी गाउँपालिका ४ लेस्पार र माईत शालिजा गाउँमा आमा, बाबा र आफन्तजनहरुसँग भेट्घाट गर्न जाने योजना लिएर बसेका लाल पुन रैंयाँ चलचित्रका इडिटर मध्ये एक हुन् । रैंयाँ चलचित्रले हालै अमेरिकामा आयोजना भएको दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा बेष्ट म्युजिकमा अवार्ड जितेको थियो । उनको संलग्नतामा युट्युब च्यानल फिमला टि।भी। मा विभिन्न गीतको म्युजिक भिडियो एवम् डकुमेन्ट्री फिल्महरु निर्माण गर्दै अपलोड गर्दछन् । श्रीमति र एक छोराका साथ पोखरा तल्लो दिपमा बसोबास गरिरहेका लाल पुन ड्रोन पाईलट पनि हुन् । गुरुङ चलचित्र र विभिन्न गाउँको म्युजिक भीडियो निर्माण गर्ने क्रममा उनले ड्रोन उडाउने गरिरहेका छन् ।
लाल पुन
क्यामराम्यान एवम् ईडिटर

१०। काठमाडौंको ठमेलमा फेसेज ईन्फोटेन्ट नामक आफ्नो अफिसबाट राजु थापाले ईतिहास र कथानक एवम् रियल लाईफ सम्बन्धी यात्रामुलक र रियल लाईफ सम्बन्धी डकुमेन्ट्री निर्माण गरिरहेका छन् । सोसियल बेसमा रहेर आगामी दिनमा निर्माण गर्ने सिरियलको लागि कथा लेखन एवम् रिसर्स गरिरहेका पनि छन् । बिशेष गरि उनी टुरिजमको काममा व्यस्त रहन्छन् । अस्ति भर्खर बाग्लुङदेखि विभिन्न गाउँगाउँ गई म्याग्दीको तातोपानी निस्केर टुरिजमको काम गरि फर्केका पनि छन् । उनको खास घर सिन्धुलीगढी, कमला नगरपालिका २, ढुङ्ग्रे भञ्ज्याङ हो । यस पटकको दशैमा सिन्धुलीगढी आमा, बाबा, दाजुभाई, बहिनीहरुसँग भेट गर्न जाने क्रममा अंग्रेज र नेपालको लडाई भएको एतिहासिक बाटोको ट्राभल्स सम्बन्धी डकुमेन्ट्री बनाउने योजना गरि बसेका रहेछन् ।
राजु थापा ९युगीन० मगर
लेखनररंगकर्मी एवम् चलचित्रकर्मी