आइएमई गरेको रकम निकाल्दा ४३ इन्चको टिभी पुरस्कार

टुडे पोखरा संवाददाता
0Shares

पोखरा महानगरपालिका वडा नं. ११ का आशिष बाँस्तोलाले आइएमई गर्दा आएको रकम निकाल्दा ४३ ईन्चको टिभी उपहार पाएका छन् । आशिषका दाजु समिप बाँस्तोलाले दुवइबाट २६ हजार २ सय २६ रुपैंयाँ पठाएका थिए ।

आशिषलाई आइएमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधी किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी चलाएको ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक स्किम सार्वजनिक गरेको थियो ।

योजना अवधिमा गरिएका कारोबारहरुको‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत आषिशलाई पुरस्कार परेको आइएमई लिमिटेडले जनाएको छ ।