अनुकुल कृषि सहकारीको दोस्रो साधारणसभ सम्पन्न

टुडे पोखरा संवाददाता
0Shares

अनुकुल कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रभा कोइरालाले स्थानीय तथा सेयर सदस्यलाई अनुभूति हुनेगरी सहकारी सञ्चालन हुनुपर्ने बताइन् । ‘टोलटोलमा सहकारी हुनुपर्छ,’ उनले भनिन्, ‘सबै सहकारी नीति नियमभित्र रहेर सञ्चालन हुनुपर्छ ।’ प्रदेश सरकारको तर्फबाट सहकारीलाई सहज र सरलीकरण अभियानमा सघाउने उनले बताइन् ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष रविरमण तिवारीले आर्थिक समृद्धिका लागि सहकारी योगदान महत्वपूर्ण रहेको बताए । जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष शिवजी कोइरालाले केही अराजक शक्तिहरुका कारण सहकारी क्षेत्र आलोचित हुनुपरेको धारणा राखे ।

बचत तथा ऋण सहकारी संघ लि. कास्कीका कोषाध्यक्ष नारायणप्रसाद आचार्य, पत्रकार यदुनाथ बञ्जारा, राष्ट्रिय सहकारी बैंक पोखराका नवप्रसाद ढकाल, पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र थापा, कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा सुवेदी, लेखा समिति संयोजक विपिन सुवेदी, अनुकुलका सहकारीका युवा समिति सदस्य संगिता सुवेदी, सल्लाहकार विश्वास भण्डारी लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष नरेन्द्रकुमार कार्कीको सभापतित्वमा आयोजित साधारणसभाको सञ्चालन सचिव तथा प्रवन्ध सञ्चालक अनिल सुवेदी गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दामोदर डुम्रेले गरेका थिए । साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारण सभाको अवसरमा सहकारीमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु ज्ञानप्रसाद गौतम, सुनिता खनाल पौडेल र सिर्जना पौडेल अर्याललाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी सम्मानबाट देवीलाल डुम्रे, सुस्मा अधिकारीलाई सम्मानित गरिएको छ ।