अनाथ टुहुरा बालबलिकालाई आर्थिक सहयोग

टुडे पोखरा संवाददाता
0Shares

छवि मगर

पोखरा-सामाजिक संजाल फेसबुक मा कृयासिल ग्रुप प्रिन्स सुनार प्रिन्सेस सुनारनी फेसबुक युथ ग्रुप ले बाल दिबस को अबसर पारी गोर्खा को पालुङटार मा भुकम्प का कारण आम बुवा गुमाएका अनाथ टुहुरा बालबालिका लाई शैक्षिक सामग्री झोला, कापी ,कलम ,ड्रेस र आमा बाबा गुमाएका त्यस्ता बाल बलिका लाई केही आर्थिक सहयोग गरेको छ।साथै खेलकुद सामाग्री फुटबल, भलिबल , डोरि पनि बालबालिका लाई हस्तान्तरण गरेको छ। ग्रुप मा आवद्ध जोस जागर बोकेका देश बिदेश मा रहेका सुनार सुनारनी र अन्य बाट आर्थिक संकलन गरि गोर्खा मा अनाथ बालबालिका लाइ सहयोग कार्यक्रम गरेको छ।उत्त कार्यक्रममा प्रमुख अतिथि मा पालुङटार नगरपालिका का निमित प्रमुख, संचालक दलित एकता संजाल गोर्खा का सचिब र सभाध्यक्ष मा दलित एकता संजाल गोर्खा का अध्यक्ष किसान गान्धारी र अतिथिहरु मा राजनीतिक प्रतिनिधि र स्थानिय बरिस्ठ समाज सेबिहरु कार्यक्रम मा हुन्थ्यो।

ggसाथै सो कार्यक्रम मा स्थानिय राजनीतिक दलका दलित नेता ,समाज सेबि ,दलित एकता संजाल गोर्खा का वरिष्ठ ब्याक्तित्व ,र विभिन्न संघ सस्था ,मिडियाका साथीहरु र सुरक्षाकर्मी र स्थानीय मानिसहरु र बालबालिका को ठुलो उपस्थित थियो।प्रिन्स सुनार प्रिन्सेस सुनारनी फेसबुक युथ ग्रुप९सस्था० सहयोग गर्न आउने भन्ने खबर ले दलित एकता संजाल गोर्खा र विभिन्न संघ सस्था र स्थानिय मानिस र बालबालिका पन्चेबाजा सहित हात मा फुल र अबिर लिएर स्वागत र सम्मान गर्नु भएको थियो। साथै पन्चेबाजा सहित नगर परिक्रमा गराइ नगर भबन मा लागिएको थियो। त्यसै गरि दलित एकता संजाल अन्तराष्ट्रिय सम्मन्वय समिति सह कोषाध्यक्क्ष कोमल गहतराज ज्यु बोल्दै भन्नू भयो |

( सामाजिक रूपान्तरण एकता ले मात्र हुदैन एकतमा बल चहिन्छ, जवसम्म हामी कानमा तेल हले सरि बसिरहन्छौ तवसम्म हाम्रो अधिकार कसैले घर सम्म ल्याई पुर्याउदैन त्यसैले उठ्नुस जुर्मुराउनुस र आफ्नो।हक अधिकारको कुरालाई आजको संबिधानमा टेकेर कार्यन्यन गर्नुस तपाईको अधिकार समाज का कथित व्यक्ति ले हैले संविधानले निर्माण गरिसकेको छ, आगामि दिनहरूमा नया संबिधानको जगमा टेकेर दलित अधिकारलाइ नया उचाईका पुर्याउने काम प्रिन्स सुनार प्रिन्सेस सुनारनी युथ ग्रुपले गर्नेछ भन्ने आशा र यसै ग्रुप९सस्था०का परिकल्पनाकार,सस्थापक, संरक्षक ,समयोजक ग्रुप एडमिन र समाज सेबि अमित रसाइली ज्यु हाल प्रबास मा रहे पनि उहालाइ सम्झिदै धन्यवाद सहित शुभकामना दिनु भयो। त्यस्तै दलित एकता सन्जाल गोर्खा का बरिस्ठ समाज सेबि सभाअध्यक्ष किसान बा गान्धारि ज्यु बोल्दै भन्नू भयो( समाज र सामाजिक चेतनाले भरिपुर्ण भई प्रिन्स सुनार प्रिन्सेस सुनारनि फेसबुक युथ ग्रुप का साथिहरूमा शुभकामना आगामि दिनहरूमा यो भन्दा राम्रो राम्रो कार्यक्रमहरू ल्याइ नया नेपाल निर्माणमा महत्वपुर्ण भुमिका खेलि दलित अधिकारलाई सुनिस्चित गराउने अभियान गर्नुहुनेछ भन्ने आशा राखेका छौ।

र आगामी दिन मा देशभरी नै सम्पुर्ण युवाहरु मा नया सकारात्मक सोच को बिकास गर्ने छ भन्नी कुराको बिश्वाश ब्यक्त गर्दै ग्रुप९सस्था०लाइ शुभकामना दिनु भयो। स्थानीय अबिभाबक बोल्दै भन्नू भयो आगामि दिनहरूमा हजुर हरूको माहान सहयोगि हातहरू सम्पुर्ण हामी जस्तै पीडित सामु पुग्ने छन र त्यस्ता बालबालिका शिक्षा बाट बन्चित हुने छैनन् भन्दै ग्रुप लाई शुभकामना दिनु भयो।स्थानीय बुद्धि जिबि समाज सेबि र सो क्षेत्र का प्रहरी निरीक्षक ,संघ सस्था का ब्यक्ति बोल्नु भएको थियो।

अन्त्य मा प्रिन्स सुनार प्रिन्सेस सुनारनी फेसबुक युथ ग्रुप९सस्था० बाट ग्रुप का बिधान र ग्रुप का उदेश्य र आउने दिन मा ग्रुपले समाज सेवा प्रती ग्रुप९सस्था०को भुमिका बारेमा जीवन घतानी सुनार ज्यु र अन्किता सुनार बोल्नु भएको थियो।प्रिन्स सुनार प्रिन्सेस सुनारनी फेसबुक युथ ग्रुप बाट जीवन घतानी सुनार, रिचल रामदाम, अन्किता सुनार, आरती सुनार, रेनुका सुनार, दिपक सुनार, भुपेन्द्र सुनार र बिष्णु बराल सुनार र अन्य उपस्थित हुनुहुन्थ्यो।सहयोग कार्यक्रम पछि ती अनाथ आमा बाबा गुमाएका टुहुरा बालबालिका को मुहारमा मुस्कान र खुशी छाएका थियो।गोर्खा मा अनाथ बालबालिका लाई सहयोग कार्यक्रम को समाप्त सगै सो प्रिन्स सुनार प्रिन्सेस सुनारनी फेसबुक युथ ग्रुप का साथीहरु सहयोग हस्तान्तरण कार्यक्रम लिएर सामाग्री सहित स्याङ्जा आज र बागलुङ भोली बितरण गरिने भएको छ।,सस्थापक, संरक्षक ,समयोजक ग्रुप एडमिन र समाज सेबि अमित रसाइली कतार बाट पेखराप्लस अनलाइन पत्रिकालाइ जानकारी दिए । गोर्खाकमा २लाख बराबरको र स्याङ्जा र बागलुङ १ लाख बराबरो सामग्री बितरण गराने बताएकाछन् ।